अदालतबाट पुष्टि: सम्बन्धविच्छेद गरेर नै छुट्टिएका थिए कञ्चन र मोहन (प्रमाणसहित)

काठमाडौं, ५ मंसिर । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘सुमनसँग’को पछिल्लो श्रृङ्खलामा अथितिको रुपमा निम्त्याइएकी कञ्चन शर्मा रेग्मीको अन्तर्वार्ताले पछिल्लो केही दिनयता मिडियादेखि सम्पूर्ण सर्वसाधारणमा अनेकन जिज्ञासा उत्पन्न गराइदिएको छ ।

कार्यक्रममा उनले आफूलाई श्रीमान र दुई छोराले घरबाट निकालेको तथा ७ वर्षसम्म सडकमा बसेको बताएकी छन् । फोहोरको डुङ्गुरमा आफूलाई अर्धचेत अवस्थामा फालिएको उनको आरोप छ ।

kanchan_mohan

हाल पवित्र सेवा समाज नामक संस्थाको संरक्षणमा रहेकी कञ्चनको अन्तर्वार्ता हेरेर धेरैले आँसु बगाए । त्यसपछि सामाजिक सञ्जालमै उनका पति र छोराहरुलाई खोजेर गालीको वर्षा हुन थाल्यो । परिस्थिति यतिसम्म आयो कि पति मोहनलाल जैशी रेग्मी तथा छोराहरु दिपेन्द्र र सागर रेग्मी फेसबुक आईडी डिएक्टिभ नै गरेर बस्नु पर्ने अवस्था सिर्जना भयो । यद्यपी मोहन अहिले फेसबुकमा फर्किसकेका छन् ।

यी तीन जनामाथि फेसबुकमा गालीको वर्षा भइरहँदा अहिले भने अर्को पक्षबाट कुरा आउन थालेको छ । कञ्चनका पति र छोराहरुका तर्फबाट आएका खबरमा कञ्चन ‘दुर्व्यसनीमा फसेको, घर परिवारको मतलब नगर्ने, जता मन लाग्यो त्यता जाने, डिस्को-बार धाउने’ जस्ता आरोप लगाइएका छन् । यी आरोपहरुको स्वतन्त्र पुष्टि हुन अझ बाँकी नै छ ।

साथै कञ्चनका पतिले आफूहरु अदालतबाटै वैधानिकरुपमा छुट्टिएको अभिव्यक्ति पनि दिएका छन् । सम्बन्धविच्छेद गरेर कानुनीरुपमा नै छुटेको भन्ने मोहनको दावीबारे सत्यतथ्य बुझ्न हामीले जिल्ला अदालत बाजुरामा सम्पर्क गर्‍यौँ । अदालतका स्रेस्तेदारले पुरानो रेकर्ड पल्टाएर जवाफ दिए, ‘तपाईंले जिज्ञासा राख्नु भएअनुसारको रेकर्ड यहाँ भेटियो ।’

कञ्चन र मोहनबीच सम्बन्धविच्छेदका लागि निवेदन २०६७ साल असार ३ गतेका दिन दर्ता भएको रहेछ । त्यसपछि २०६८ माघ ०३ गते अदालतले यी दुईबीचको सम्बन्धविच्छेदलाई सदर गर्दै फैसला सुनायो । २१८३ नम्बरको यस मुद्दामा न्यायाधीश रामेश्वरनाथ अमात्यको इजलासले फैसला सुनाएको थियो ।

जिल्ला अदालत बाजुराले मुद्दा फैसलाको प्रतिलिपि भने दिन मानेन । प्रतिलिपि लिनका लागि निवेदनसहित आउनु पर्ने जवाफ उताबाट आए पनि मुद्दाको प्रतिलिपि हामीले फेसबुकमा नै भेट्यौँ ।

sambandha-bichchhed-1
sambandha-bichched

फैसालाको प्रतिलिपि मोहनको फेसबुकबाट


अन्तर्वार्तामा कञ्चनले सम्बन्धविच्छेदबारे केही खुलाएकी थिइनन् । यस सवालमा उनका पति मोहनको दावी सही देखियो । अझै खुल्न बाँकी तथ्यहरु धेरै छन् । थप तथ्यहरुलाई हामी क्रमश: खोज्दै जानेछौँ । श्रोत साझ पोट

यसमा तपाईको प्रतिक्रिया