एमाले नेता माधब नेपालको खुलासा: जनचाहना को कदर गर्दै एमालेले ल्याउने भयो जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री को प्रस्ताव

emale-hqकाठमाडौँ : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।

शङ्करापुर नगरपालिका–१ र ५ वडा कमिटीद्वारा शनिबार जहरसिंह पौवामा आयोजित ‘वृद्धवृद्धा तथा एकल महिला सम्मान’ कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभामा एमालेले सो प्रस्ताव गर्दा मान्य नभएको तर हाल सबैले त्यस्तो हुनुपर्ने महसुस गरेको बताए। “एमालेले हमेशा जनमत को कदर गर्छ, त्यसैले अब प्रधानमन्त्री पनि जनता को चाहाना अनुरुप प्रत्यक्ष निर्वाचित हुनुपर्दछ”- नेता नेपाल ले भने ।

उनले एमालेको कार्यसूचीमा सबै दल आइपुग्ने दाबी गर्दै समयमा स्थानीय निकायको निर्वाचन गर्न पनि माग गरे। कार्यक्रममा करिब तीन सय वृद्धवृद्धा र एकल महिलालाई सम्मान गरिएको थियो।

 

यसमा तपाईको प्रतिक्रिया