नोटबन्दीपछि मोदीलाई ठूलो झट्का, भाजपाले महाराष्ट्रमा सबै १७ सीट हार्यो

haryo-modi

काठमाडौं, ५ मंसिर । नरेन्द्र मोदी नेृत्वको भारती जनता पार्टीले गत वर्ष चुनाव जित्ने कीर्तिमान बनाएको थियो तर अब उनको नोटबन्दीको निर्णयले पार्टीलाई ठूलो झट्का दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको एक स्थानीय एग्रिकल्चर बडी चुनावमा भाजपाले एक सीट पनि जित्न सकेन् । भाजपाका सबै प्रत्यासीले महाराष्ट्रको एक लोकल एग्रिकल्चर बडी भुनावमा हार भोग्नुपर्यो । महाराष्ट्रमा भएको यो चुनावमा १७ सीटका लागि मतदान भएको थियो ।

यो चुनावमा सबैभन्दा धेरै १५ सीट पीसेंट्स एण्ड वर्कर्स पार्टी अफ इण्डियाले जितेको छ । शिवसेना र कांग्रेसले एक – एक सीटमा जित हासिल गरेका छन् । कांग्रेसले २५ वर्षपछि एपीएमसी पोलमा एक सीट जित्नमा सफलता हात पारेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा अचानक ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि मानिसहरुको सामान्य जीवन समेत अस्तव्यस्त बनेको छ । सबैभन्दा बढी सास्ती रिटेल र खुद्रा व्यापारीलाई परेको छ ।

मोदी सरकारले यो कदम कालोधन रोक्नका लागि उठाएको थियो । तर, अब यसको असर चुनावमा पनि परेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया