३१ करोड लागतमा चोभारमा फलफूल र फूलको थोक बिक्री केन्द्र निर्माण हुने

chobhar1
काठमाडौं, मंसिर ५ । विश्व बैंकको ३१ करोड ७४ लाख रुपैयाँ लागतमा आगामी १३ महिनाभित्र कीर्तिपुर नगरपालिका– १४ मा फलफूल र फूल सङ्कलन केन्द्रको निर्माण गरिने भएको छ ।

केन्द्रमा ३० मेट्रिक टन क्षमताको धर्मकाँटा, एउटा फलफूल पकाउने र अर्का चिस्यान कक्ष, सूचना कक्ष प्रयोगशाला लगायत, रहनेछ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको स्वामित्वामा रहेको करिब २५ रोपनी जग्गामा उक्त केन्द्र निर्माण हुन लागेको हो ।

पहिले कृषि चुन उद्योग रहेको उक्त जमिन केही वर्ष पहिले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले खरिद गरेको थियो । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को आयोजनामा भएको कार्यक्रममा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले प्रस्तावित भवन शिलान्यास गरेका हुन् ।

उनले थोक बिक्री केन्द्रका रुपमा निर्माण हुन गइरहेको सो प्रस्तावित भवन निर्माणले साना तथा मझौला किसान लाभान्वित हुने बताए । केन्द्र निर्माण कार्यको जिम्मेवार निकाय महादेव खिम्ति समसुजामुन र क्लिन डेभलपमेन्ट कन्सलटेन्ट प्रालिले लिएको छ ।

यसमा तपाईको प्रतिक्रिया