‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकसर्वसम्मतले पारित, कति लिन्छन अब सांसदहरुले मासिक तलब-भत्ता?

५ मंसिर,काठमाडौ ।  व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संसोधन सहित स्वीकृत गरेको छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले प्रस्तुत गरेको विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि विधेयकमाथि परेको संसोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।  विधेयकमा परेका संसोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताए ।  यो विधेयकसँगै अब  सांसदहरुको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ हुन्छ । 

आवास सुविधा : १८ हजार  

टेलिफोन तथा पत्रपत्रिका खर्च : ३ हजार

धारा बिजुली :२ हजार

अतिथि सत्कार र विशेष भत्ता : मासिक एक÷एक हजार

दैनिक बैठक भत्ता : दिनको १ हजार (दश दिनको १० हजार )

यातायात सुविधा : दिनको एक हजार ( दश दिनको १० हजार)

दैनिक भ्रमण भत्ता  : २५ सय

 एक सांसदले महिनामा न्युनतम एक लाख ७ हजार ७३० रुपैयाँ पाउँनेछन् । यसबाहेक बार्षिक रुपमा १५ हजार फर्निचर खर्च राज्यले दिनेछ । साथै १० लाखको यात्रा विमासमेत छ । 

यसमा तपाईको प्रतिक्रिया