यसरी हुँदैछ हिन्दू राष्ट्र कायम गराउन दुई राप्रपाबीच एकीकरण आज

 मंसिर ६,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आइतबार बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ती निर्माण गर्ने उद्धेश्यले पार्टी एकता गर्न लागिएको दुवै पार्टीका शीर्ष नेताहरुले बताएका छन्। पार्टीको मुल लक्ष्य राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण गर्दै सवल र सम्बृद्ध हिन्दु राष्ट्र नेपाल निमार्ण गर्ने रहेको छ। हस्ताक्षर कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो। पार्टीको नाम राप्रपा रहने र त्यसको केन्द्रीय अध्यक्ष कमल थापा हुने दुईपार्टीवीच सहमति भएको छ। पशुपति शमशेर राणालाई राष्ट्रिय अध्यक्ष बनाइने नेताहरुले बताएका छन्। साढे ३ महिनाअघि पनि दुई पार्टीवीच एकता गर्ने सहमति भएको थियो ।

तर पशुपति शमशेर राणाले त्यो सहमति लत्याउँदै पार्टी एकता गरेका थिएनन्। केही जिल्लाहरुमा राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण समेत गठन भएको थियो। दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ । अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका पदाधिकारी तथा नेताको व्यवस्थापन गरिनेछ । पार्टीले राप्रपासँग गर्न लागिएको एकताका लागि सैद्धान्तिक सहमति दिन केन्द्रीय समितिलाई जिम्मा दिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया