सत्ताको नेतृत्व गरिहरेको पार्टी माओवादी केन्द्रले संविधान संशोधनको प्रस्तावलाई आजै अन्तिम रुप दिने

pamfa-bhusal
काठमाडौं, मंसिर ६ । सत्ताको नेतृत्व गरिहरेको पार्टी माओवादी केन्द्रले संविधान संशोधनको प्रस्तावलाई आजै हुने तीन दलको बैठकबाट अन्तिम रुप दिने गरी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरी संशोधन प्रस्तावलाई अन्तिम रुप दिइने प्रवक्ता पम्फा भुुषालले जानकारी दिइन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने अहिले सत्तारुढ दलले अघि सारे जसरी संसोधन प्रस्ताव अघि बढाउन नसकिने निर्णय गरिसकेको छ ।

माओवादीले अहिलेको राजनीतिक अवस्थाबारे छलफल गर्न मंसिर ११ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय पनि गरेको छ ।

संविधान संशोधनकै लागि छलफल गर्न प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा साँझ कांग्रेस, एमाले र माओवादी नेताहरुलाई आमन्त्रण गरेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया