जनता रोइरहेका छन्, सांसदहरुको घरमा दीपावली ! पढौं, कसरी मालामाल भए उनीहरु

samsd-ma-fait

मंसिर ६ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ ।

विधेयक संसदबाट पारित भएसँगै अब एउटा सांसदले मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ, विशेष भत्ता एक हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १८ हजार, फर्निचर खर्च एकमुष्ट १५ हजार, यातायात सुविधा प्रतिदिन एक हजार, बिजुली धारा मासिक दुई हजार, दैनिक भत्ता २५ सय, यत्रा बीमा १० लाखसम्मको सुविधा पाने भएका छन् ।

यो सुविधामा सभामुख, अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता, मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र संसदका समितिका सभापतिहरुले अतिरिक्त थप सुबिधा पाउनेछन् ।

यसमा तपाईको प्रतिक्रिया