नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

ram-chandra3
काठमाडौंः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटनामा परेको छ।

तराई मधेस संवाद अभियानका क्रममा सर्लाबाट महोत्तरीको जलेश्वर जाने क्रममा पौडेल सवार बा ६ च ७५५५ नम्बरको स्कार्पियो जीप सोमबार बिहान जातचोकमा दुर्घटनामा परेको हो। दुर्घटनामा जीपमा सवार सबैजना सकुशल रहेको पौडेलका स्वकिय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार स्कार्पियो जीपको स्ट्रेरिङ फेल भएर दुर्घटना भएको हो।

जीपमा भने सामान्य क्षति भएको छ। गाडीमा बरिष्ठ नेता पौडेलसँगै कांग्रेस महोत्तरी जिल्ला सभापति, सर्लाहीका निवर्तमान सभापति लक्ष्मण राय, पौडेलका स्वकिय सचिव चिरन्जिवी अधिकारीसहित पाँचजना सवार थिए।

यसमा तपाईको प्रतिक्रिया