मजदुरहरु को हकहितमा बिस्तारित हुदै एमालेको मजदुर संगठन, सुर्खेतमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको जिल्ला भेला सम्पन्न

६ मङ्सिर, सुर्खेत –  सुर्खेत जिल्लामा २०७३ मंसिर ५ गते नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको जिल्ला भेला सम्पन्न भएको छ । जिफन्ट ६ नं. प्रदेश संगठन कमिटि का. सचिव तथा यातायात ईन्चार्ज क. पुर्ण वहादुर केसीको अध्यक्षता तथा जिफन्ट राष्ट्रिय कमिटि सचिव तथा ६ नं. प्रदेश संगठन कमिटिका संयोजक क. कमल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले तुलवहादुर वुढाथोकी मगरको अध्यक्षतामा ११ सदस्य सुर्खेत जिल्ला कमिटि गठन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष अर्जुन अर्याल ले जानकारी गराएका छन ।yatayat-majadur-surkher

कमिटिको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमस रन्जन शाही (नर), कुल वहादुर शाही, चक्र वहादुर शाही, विश्वास वली, ओम वहादुर थापा, मोहन वहादुर मगर, बबोराज रेग्मी, नरेन्द्र शाही, वल वहादुर शाही, पदम वहादुर पुन मगर रहेका छन ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि गौतमले जिफन्टका निति तथा कार्यक्रम र जिफन्ट एक्यवद्घता कोषका वारेमा प्रकास पार्नुभएको थियो भने संगठनमा लाग्नुपर्ने कारणहरुका वारे र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका वारेमा कार्यक्रमका अध्यक्ष पुर्ण के.सी ले प्रकास पार्नु भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया