प्रदेशको सीमाङकन फेरबदल बिरुद्द आफै उत्रियो सत्ताधारी कांग्रेस, कांग्रेस महामन्त्री शशांक नै सडकमा उत्रियपछी नवलपरासी ठप्प

काठमाडौं, ६ मंसिर–भारतको इच्छा अनुरुप संविधान संशोधन गरी प्रदेशको सीमाङकन फेरबदल गर्न तयार गरिएको संविधान संशोधन प्रस्तावमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस भित्रै बिग्रह उत्पन्न भएको छ । सभापति शेरबहादुर देउवासमेतको सहमतिमा प्रधानमन्त्री पुष्पकमल दाहालले तयार गरेको संविधान संशोधन प्रस्तावमा नवलपरासीको नवलपुर खण्डलाई प्रदेश नं ५ मा राखिएकोमा नवलपरासी कांग्रेसले जिल्लामा बन्दको आयोजना गर्यो भने विरोधसभामा वक्ता थिए कांग्रेस महामन्त्री शशांक कोइराला । General Secretary of Nepali Congress, Shashanka Koirala

आइतबार कांग्रेस भातृ संगठन तरुण दल र नेबिसंघलाई बोलाइ महामन्त्री कोइरालाले बन्द आव्हान गर्न लगाएका थिए । सभापति देउवाले कैलाली कञ्चनपुरलाई प्रदेश नम्बर ७ बाट अलग गर्न नहुने अडान लिएको बरु महामन्त्री कोइरालाको निर्वाचन क्षेत्र रहेको नवलपरासीको नवलपुरलाई ५ नम्बर प्रदेशमा राख्नेगरी सीमाङकन हेरफेरमा सहमति जनाएको भन्दै बन्द र विरोधसभा आयोजना गरिएको थियो । संविधान संशोधनको प्रस्ताव बिरुद्ध प्रमुख सत्तारुढ दलले नै आइतबार आयोजना गरेको बन्दका कारण दाउन्नेदेखि गैंडाकोटसम्मको जनजीवन आइतबार दिनभर प्रभावित रहन पुग्यो । 

बन्दका कारण लामो तथा छोटो दूरीका सवारस् साधन दिनभर ठप्प रहे । कांग्रेसले गरेको बन्दका कारण पश्चिम नेपालतर्फ जानु पर्ने सवारी साधन नारयणगढमै रोकिएका थिए । संविधानले नवलपुर क्षेत्रलाई प्रदेशनम्बर ४ र परासी खण्डलाई प्रदेश नम्बर ५ मा राखेको थियो । तर, कांग्रेस माओवादी गठबन्धन सरकारले तयार गरेको संविधान संशोधन प्रस्तावमा नवलपुर खण्डलाई प्रदेश नम्बर ४ बाट हटाइ प्रदेश नम्बर ५ मा राखिएको छ । 

बन्दपछि आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासी बासीको माग अनुरुप सीमाङकन हेरफेर नहुने वताए । उनले ९० प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधानमा अन्य कुराहरु संशोधन भए पनि प्रदेशको सीमाङकन हेरफेर नहुने वताए । ‘नब्बे प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरी जारी गरेको संविधानमा अन्य विषयहरु संशोधन हुन सक्छन्’ कांग्रेस महामन्त्री कोइरालाले भने, ‘प्रदेशको सीमाङकन हेरफेर हुन सक्दैन ।’ 
आइतबारै कांग्रेस कार्यकर्ताहरुले सीमाङकन हेरफेर बिरुद्ध नवलपरासीका सरकारी कार्यालय समेत घेराउ गरी ठप्प बनाएका थिए ।  जिविस, जिल्ला शिक्षा, वन, हुलाक, खाद्य संस्थान, कृषि, मालपोत , महिला विकास, घरेलु, नेपाल टेलिकम, नापी, पशुसेवा, जिल्ला प्राविधिक र खानेपानी कार्यालय घेराउ गरी काम ठप्प बनाएका थिए । 

 

यसमा तपाईको प्रतिक्रिया