संबिधान संशोधनमा सहमति जुटाउन बालुवाटारमा आज साँझ तिन शिर्ष नेताको बैठक बस्दै, ओलीले सुनाउने यस्तो ‘बोल्ड” निर्णयले प्रचन्डलाई लाग्ने भयो झड्का

काठमाडौं, ६ मंसिर । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन सोमबार साँझ बालुवाटारमा तीन दलको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको निर्णायक बैठकमा प्रतिपक्षी नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन् । प्रचण्डले ओलीबाट संविधान संशोधन प्रस्तावमा सकारात्मक जवाफको अपेक्षा राखेका छन् । तर, एमाले सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई झट्का लाग्ने कडा निर्णय सुनाउँदैछन् ।

प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बैठकमा ओलीले आइतबारमात्रै एमाले स्थायी समितिले गरेको संविधान संशोधनको प्रस्ताव अस्वीकार गर्ने निर्णय सुनाउनेछन् । एमालेले औचित्य र आधार पुष्टि नभएको संशोधन प्रस्ताव कुनै हालतमा मान्न नसकिने बताउँदै आएको छ ।

एमाले अध्यक्षको यो जवाफले आजको बैठक निष्कर्षविहिन बन्ने निश्चित छ ।

मधेसका माग सम्बोधनका लागि मंगलबार वा बुधबारसम्म संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेस गर्ने तयारीका साथ प्रधानमन्त्रीले आजको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया