साँझ बस्ने तीनदल को बैठकमा ओलीले ‘झड्का’ दिने संकेतपछी माओबादी केन्द्रको सचिवालय बैठक, एमाले बिना नै संशोधनमा जाने प्रचण्डको तयारी

काठमाडौं, ६ मंसिर । महाअभियोग प्रस्ताव र संविधान संशोधनका विषमया छलफल गर्न माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।prachanda-hq

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवासमा आयोजित बैठकमा एमाले सशोधनको सहमतिमा नआए के गर्ने भन्नेमा छलफल भइरहेको छ । एमालेबिना पनि अरु दललाई लिएर संशोधन पारित गर्ने र त्यसअघि कांग्रेसको सहमतिमा दर्ता गराउनेमा छलफल भइरहेको छ ।

आइतबार बसेको एमाले बैठकले संविधान संशोधनको कुनै औचित्य नरहेको बताएपछि माओवादी केन्द्रले एमाले बिना पनि संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताइएको छ । माओवादी केन्द्रलाई अप्ठेरो पर्ने गरी एमालेले निर्णय गरेपछि माओवादी केन्द्रले नयाँ चुनौती सामना गर्नेगरी निर्णय गर्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

त्यस्तै महाअभियोग प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया