भोजपुर आगलागीका पीडितलाई राहत दिन नेकपा एमालेको माग

bhujpur-aago
मंसिर । नेकपा (एमाले) ले भोजपुर जिल्लाको सदरमुकाममा आइतबार भएको आगलागीबाट भएको क्षतिको खबरले स्तब्ध भएको जनाएको छ ।  एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘उक्त घटनामा परी पीडित भएकाहरुप्रति हाम्रो पार्टी हार्दिक सहानुभूति प्रकट गर्दछ । साथै, उक्त घटनाबाट पीडित नागरिकहरुलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ । ’

यसमा तपाईको प्रतिक्रिया