संशोधनबारे तीन दलबीच चर्काचर्की : प्रधानमन्त्रीले एमालेलाई अहंकारी भनेपछि बालुवाटारमा बबाल, अब सडक र सदन तताउने

6-gate-miting
काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई अहंकारी भनेपछि बालुवाटार बैठक भाँडिएको छ ।

संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न बैठक आह्वान गरेका थिए । बैठकमा एमाले नेताहरुले राष्ट्र र राष्ट्रिय हित विपरित संशोधन प्रस्ताव मान्न नसकिने र त्यसो भए संशोधनको विपक्षमा उभिने निर्णय सुनाएपछि प्रधानमन्त्रीले अहंकारी भनेका थिए ।

‘संशोधन प्रस्ताव राष्ट्र र राष्ट्रिय हित विपरित भए विपक्षमा उभिने एमालेको निर्णय हामीले बैठकमा राख्यौ । हामीलाई अहंकारी भनेर प्रधानमन्त्रीले भन्नुयो,’ एमाले उपाध्यक्ष भीम रावलले बालुवाटारमा सञ्चारकर्मीलाई भने– ‘संविधान ल्याउँदा एमालेले सहकार्य गरेको कुरा हामीले सम्झायौं । हामी अहंकारी होइनौं भन्यौ र राष्ट्र र जनताको हितविपरित यदि हाम्रो सहमतिविना संशोधन प्रस्ताव आयो भने सडक र संसदमा अवरोध गर्छाै ।’

 

यसमा तपाईको प्रतिक्रिया