राज्यकोष बाट पैसा बाड्न छोडेन सरकारले, फेरी आज एकै जनालाई १० लाख सहित ३२ जनालाई बाडियो पैसा(हेर्नुहोस सुचिसहित)

काठमाडौं : सरकारले एकै जनालाई १० लाखसहित ३२ जनालाई राज्यकोषबाट ३१ लाख ३४ हजार रुपैयाँ बाँडेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले कञ्चनपुरकी विष्णुकुमारी पोखरेलसहित २३ जनालाई पैसा बाडको हो । उनलाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ । तर विष्णुकुमारीलाई किन र के कारण यति धेरै रकम उपलब्ध गराइएको हो भनेर मन्त्रिपरिषदले खुलाएको छैन ।

सरकारले विपन्न व्यक्तिहरुलाई आर्थिह सहायता उपलब्ध गराउँछ । तर, विपन्नको नाममा सम्पन्न व्यक्तिहरुले पहुँचका आधारमा रकम लिने गरेको भनेर आलोचना हुने गरेको छ । आलोचनाकै बीच पछिल्लोपटक सरकारबाट रकम पाउनेहरु ३२ जना छन् । तिमध्ये सर्लाही जिल्लाकामात्रै २३ जना छन् । बाँकी ९ जना भने सप्तरी, महोत्तरी र रौतहट जिल्लाका बासिन्दा छन् ।

मन्त्रिपरिषदले महोत्तरीका भागेन्द्र साह तेलीलाई ६ लाख ३० हजार र सप्तरीका श्रवण झालाई ४ लाख २८ हजार रुपैयाँ आर्थिक सहायताको रुपमा दिएको छ । बाँकी अरुलाई भने १ लाखदेखि ५० हजार रुपैयाँसम्म दिने निर्णय गरिएको छ ।

यसैगरी बारा जिल्लाका मोसाफिर दास तेलीलाई ३ लाख र बाराकै सञ्जु देवीलाई २ लाख आर्थिक सहायता उपलब्ध गराइएको छ । कानून आयोगका पूर्वअध्यक्ष उमेशचन्द्र झालाई पनि उपचार खर्चका लागि भन्दै २ लाख रुपैयाँ सरकारले दिएको छ ।

यस्तै मन्त्रिपरिषद बैठकले तराईमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चका रुपमा विभिन्न अस्पतालहरुलाई १ करोड ५ लाख रुपैयाँ वितरण गरेको छ ।

सरकारले यसअघि कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो । जसको व्यापक विरोध भइरहेको छ ।

हेर्नुहाेस् सूची

money-list

 

यसमा तपाईको प्रतिक्रिया