साबधान: ‘साहारा’ ग्यास सिलिन्डर कि ‘आत्मघाती बम’? हेटौडामा शृंखलाबद्ध ‘साहारा’ ग्यास बिस्फोट, सयौ घाइते लाखौको क्षेति(जनचेतनाका लागि शेयर गरौ)

sahara-hetauda६ मङ्सिर, हेटौँडा १० मेनरोडमा रहको ललन शाहाको खाजा घरमा साहारा ग्यासको सिलिण्डर एक्कासी पड्किदा दुई जना घाइते भएका छन् भने साढे ६ लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार ग्यास पड्कदा होटल सञ्चालक ललन शाहाकी श्रीमती सुनिता देबी तथा छोरा रोहित शाहा घाइते भएका छन् भने उनीहरुको ६ लाख ५० हजार बराबरको धनमाल क्षति भएको हो ।
गत कार्तिक १० गते हेटौँडामा रहेको नापी कार्यालयमा भएको आगलागी पनि साहारा ग्यास पड्कदा भएको थियो भने त्यसको एक महिना नवित्दै पुन साहाराको ग्यास पड्किएपछि साहारा ग्यासको आतङ्क फैलिएको छ । कमसल सिलिण्डरको कारण ग्यास पडकेको स्थानीयहरु बताउँछन् ।

पछिल्लो केहि वर्षदेखि मकवानपुरमा साहारा ग्यासको सिलिण्ड विष्फोटको घटना बढदै गएको छ । गत कात्तिक १० गते हेटौँडामा रहेको नापी कार्यालयमा साहारा ग्यास विष्फोट हुँदा करोडौको धनमालको क्षति हुनुको साथै ५० भन्दा धेरै घाइते भएका थिए । त्यसको एक महिना वित्न नपाउँदै पुन ः हेटौँडा, १० मा रहेको एक होटलमा ग्यास विष्फोट भएपछि हेटौँडाका नागरिकहरुले साहाराको सिलिण्डरलाई बमको रुपमा लिएका छन् । 
हेटौँडामा मात्र ४ पटक साहाराको सिलिण्डर विष्फोट भएको अवस्थामा यो पटक एक महिनामानै दुई पटक हुनुले मानिसहरुमा डर पैदा भएको छ ।

कहिले-कहिले पड्कियो साहारा ग्यास?

मकवानपुरमा पछिल्लो समय साहारा ग्याँस   बिष्फोटको संख्या बढ्दो छ । ती बिष्फोटहरुले धेरै जनधनको क्षति भइकेको छ ।  ती सबै बिष्फोटहरु कहिले, कहाँ र त्यसले पु¥याएको क्षतीको विवरण निम्नानुसार छ । 

१) २०६६ सालमा हेटौँडा– ८ कमाने जमुना सापकोटाको घरमा साहार ग्याँस पड्कीँदा करिब ५ लाख बराबरको क्षति

२) २०६७ सालमा हेटौँडा–४ हुप्रचौर स्थित कृष्णराज कोइरालाको ‘कम्रेडको भाजा पसल’मा साहारा ग्याँसमा आगो लागे लगत्तै नियन्त्रणमा लिइएको हुँदा , कुनै क्षति नभएको

३) २०७३ साल कात्तिक १० गते नापी कार्यालय मकवानपुरमा सहारा ग्याँस पड्कीँदा लाखौँको क्षति, यकिन विवरण अहिलेसम्म नआएको

४) २०७३ साल मंसिर ६ गते हेटौँडा १० मेनरोडमा रहेको लालन साहको होटलमा साहारा ग्याँस पड्कीँदा करिब साँढे ६ लाख बराबरको क्षती

यसमा तपाईको प्रतिक्रिया