Flash_News: ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्काले जापान हल्लायो, १० फीटको सुनामी आउने चेतावनी भिडियो सहित

टोकियो, ७ मंसिर । जापानमा आए शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्प फुकुशिमा प्रांत नजिक आएको हो ।

जापानको सरकारी मिडिया एनएचकेका अनुसार सरकारले स्थानीय सर्वसाधारणहरूलाई तटीय इलाकाबाट हट्न अपील गरेको छ ।

चेतावनी दिइए अनुसार समुन्द्रमा तीन मिटर (१० फिट)सम्म माथि छाल (लहर) उठ्न सक्नेछ ।

ओनाहामा तटसम्म पुग्ने समुन्द्री छाल ६० सेन्टीमिटर अर्थात दुई फिटसम्मको हुने बीबीसीको अनलाइन संस्करणमा समाचार उल्लेख छ ।

सोमबार राति फुकुशिमाबाट ७० किलोमिटर टाडा भूकम्पले केन्द्र बनाएको छ । जमिनको सतहबाट ११ किलोमिटर तल केन्द्र बनाइ ७ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पमा परेर छ जना सामान्य घाइते भएका छन् ।

सन् २०११ मा आएको विनाशकारी भूकम्पपछि आएको सुनामी छालका कारण फुकुशिमामा परमाणु संयन्त्रलाई नोक्सानी पुगाएको थियो ।

जापानका क्याबिनेट मुख्य सचिव योशिहिदे सुगाले फुकुशिमा परमाणु संयन्त्रको तेस्रो रिएक्टरको कुलिंग सिस्टम बन्द गरिएको बताएका छन् ।

 

img_7977

 

img_7979

img_7980

 

यसमा तपाईको प्रतिक्रिया