आफ्नो तलब आफै बढाउने निर्णय गरेपछि सांसदहरुको सर्बत्र आलोचना ,तलब भत्ता वृद्धिको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्ने

काठमाडौं,७ मंसिर– सांसदहरुको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । आन्दोलनको स्वरुप तय गर्न अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा विद्यार्थी संघ संगठनहरुको संयुक्त बैठक बस्दै छ ।
‘जनताको घरमा चुलो बल्न सकेको छैन । आफ्नैमात्र सम्वृद्धिको कुरा गरेर हुँदैन,’ अनेरास्ववियु अध्यक्ष नबिना लामाले भनिन्, ‘सांसदहरुको बृद्धि भएको तलब भत्ता कुनै हालतमा फिर्ता हुनुपर्छ ।’ उनले तलब भत्ता बृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताइन् ।

nabina-1

फाइल फोटो

यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुबिधा आफैले बढाउने निर्णय गरेर सांसदहरुले नैतिकता गुमाएको टिप्पणी गरे । भूकम्पपीडित सुरक्षित बास नपाएर पीडामा बाँचिरहेका बेला जनताका प्रतिनिधि भनिएका सांसदहरुले मोजमस्ती गर्न खोजेकाले आन्दोलनमा जाने उनले बताए ।

 ‘राजनीति प्राप्तीमात्रै होइन त्याग गर्ने ठाउँ पनि हो,’ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका प्रवक्ता बस्नेतले भने, ‘बजारको नाफा नोक्सानको हिसाब गर्दै आफ्नो तलब भत्ता बढाएर सांसदहरुले नैतिकता गुमाए ।’

‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरेको थियो । यससँगै सांसदहरुले गत साउन महिनादेखि लागू हुने गरी मासिक एक लाख बढी तलब भत्ता बुझ्नेछन् । आफ्नो तलब आफै बढाउने निर्णय गरेपछि सांसदहरुको सर्बत्र आलोचना भइरहेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया