केपी ओलीले भने–प्रचण्डको शब्दलाई गम्भीर रुपमा लिएको छु

kp-oli3

७ मंसिर– मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधाानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच घम्साघम्सी परेको समाचार सञ्चारले सञ्चार माध्यम र सामाजिक सञ्जाल तातेको छ ।

बैठकमा एमाले नेताहरुले सरकारले अघि बढाएको चार बुँदे संशोधन प्रस्ताव राष्ट्रियताविरुद्ध रहेको टिप्पणी गरेपछि प्रधानमन्त्री प्रचण्ड रिसाए । अध्यक्ष ओलीसहित नेताहरु माधव नेपाल, बामदेव गौतम, भीम रावल र सुवास नेम्वाङले एक स्वरले प्रस्तावको विरोध गरे ।

त्यति मात्र होइन, आफूहरुको सहमतिबेगर उक्त प्रस्ताव अगाडि बढाइए सडक र सदनबाट सशक्त प्रतिवाद गर्ने एमाले नेताहरुको चेतावनीपछि प्रचण्ड झोक्किए । उनले प्रस्ताव राष्ट्रघाती नभई काँग्रेस र एमालेको विगतकै बटमलाइअनुसार हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्ने उद्देश्यसहित आएको दाबी गरे । एमालेमा अहंकार बढेको र त्यो अहंकारले एमालेलाई मात्र होइन, मुलकलाई समेत नोक्सान पुग्ने भनाइ प्रचण्डको थियो ।

जवाफमा ओलीले तपाईंले हामीमाथि प्रयोग गरेको ‘अहंकारी’ शब्दलाई मैले गम्भीर रुपमा लिएको छु । बैठकमा सहभागी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त्यहाँ कुनै घम्साघम्सी नभई सौहार्द वातावरणमा कुराकानी भएको थियो । प्रधानमन्त्रीले अहंकारी भनेपछि पनि एमाले नेताहरु हात मिलाएर पालैपालो बाहिर निस्केका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया