एनजीओको आडमा प्रोपोगान्डा : मिडियाको दुरुपयोग गरी समाजसेवाको ढोङ !

dikshya

काठमाडौं, ७ मंसिर –  पवित्र समाज सेवा नेपाल नामको गैर सरकारी संस्था सञ्चालन गरी मिडियामा चर्चामा आउन खोज्ने दिक्षा चापागाईले नेपालका प्रतिष्ठित सञ्चारमाध्यम र पत्रकारलाई बेवकुफ बनाउने प्रकरणलाई रोकेकी छैनन् ।

 इन्जिनियर मोहन रेग्मीकी सम्बन्ध विछोड गरेकी श्रीमती कञ्चन रेग्मी शर्माको अन्तरवार्ता कान्तिपुर टेलिभिजनको सुमनसँग भन्ने कार्यक्रममा आएपछि सामाजिक सञ्जाल र मिडिया बहसपछि चापागाईको कर्तुत खुल्न थालेको हो ।

दिक्षाले सिकाएको आधारमा नै कञ्चनले बोलिरहेको कुरा खुल्न आयो, गजलदेखि अन्य संवादहरु सबै दिक्षाको सिकाईका आधारमा कञ्चनले बोलेकी हुन् । स्रोतले भन्यो, उनको उद्दार भएको सही भएपनि अरुको मानाहानी गर्ने गरी दिक्षाले सिकाएकी हुन् ।
हुन त दिक्षा चापागाई पहिला पनि विवादमा आएकी थिइन् । नागरिक दैनिकमा गलत सूचना दिएर आमाघर सञ्चालक दिलशोभा श्रेष्ठको हुर्मत लिन खोजेकी दिक्षा त्यसमा असफल भएपछि कञ्चन रेग्मीलाई अगाडि सारेकी हुन् ।

नागरिक दैनिकले उक्त सूचनाका आधारमा समाचार छापेपछि गल्ती भएको स्वीकार गर्दै तत्कालिन सम्पादक प्रतिक प्रधानले मुख पुष्ठमा नै क्षमायाचना गरेका थिए । पत्रिकाले फेला पारेको उक्त अडियो चापागाईँकै माध्यमबाट नागरिकका पत्रकारले फेला पारेको बुझिएको छ ।

दुःखी र दरिद्रको संरक्षणका लागि कसैले दिक्षालाई भन्यो भने उनी पहिला पत्रकार सम्मेलन गर्नुपर्ने सर्त राख्छिन्, त्यसपछि उनको उपचार संरक्षणको व्यवस्थाका लागि सम्बन्धित व्यक्तिसँग पनि रकम माग्ने गरेको पनि खुल्न आएको छ ।

एबीसी टेलिभिजनमा दिक्षा चापागाईँले दिएको अन्तरवार्तामा पनि उनले ढाटेकी छन् । कञ्चन रेग्मीको अन्तरवार्ताका लागि उनले निक्कै पापड बेल्नु परेको थियो । अन्तरवार्ताका लागि चापागाई सुमन खरेललाई फोर्स गरेकी थिइन् । खरेल कार्यरत बीएफबीएस रेडियोको कार्यालयमा उनी २ पटक पुगेकी थिइन् ।
खरेललाई कन्भिन्स गरेपछि कञ्चनको अन्तरवार्ता सुमनसँग भन्ने कार्यक्रममा आएको थियो । त्यसबेला खरेलले रेग्मीका परिवारलाई सम्पर्क गर्ने कोशिस गरे पनि हुन सकेको थिएन । त्यसपछि खरेलले अन्तरवार्ता रेकर्ड गराएर प्रशारण गरेका थिए । दिक्षाले कञ्चनका परिवारसँग सम्पर्क नभएको दाबी गरेकी छन् ।

दिदीहरुबाहेकसँग भेट नभएको दाबी उनको छ । तर दिक्षाले कञ्चनका परिवारसँग बारम्बार फोन सम्पर्क गरेकी थिइन् । कञ्चनका श्रीमान मोहनले भने एक पटक सम्पर्क भएको दाबी गरेका छन् । मोहनका अनुसार कञ्चनले घर छाडेको ७ वर्षपछि दिक्षा चापागाईको नाममा एक पटक फोन आएको बताए , जनप्रहारमा खबर छ ।

स्रोतका अनुसार दिक्षाले संरक्षणका नाममा राखेका व्यक्तिका आफन्तहरु र सक्षम व्यक्तिसँग आफूले गरेको खर्चको मागमात्र नगरी सहयोग नगरे मिडियाको दुरुपयोग गरी बेइज्जत गर्ने धम्कीसमेत दिने गरेकी छन् । स्रोतका अनुसार दिक्षा बढी प्रचारात्मक प्रवित्तिको रहेकी छन् ।

उनले नियोजित रुपमा भिडियामा आफू र आफ्नो संस्था स्थापित गराउनका लागि विभिन्न प्रोपोगान्डा गर्छिन् । सुमन खरेलको कार्यक्रममा पनि कञ्चल मार्फत दिक्षाले आफु र आफ्नो संस्थाकोे नाम प्रचारात्मक बनाएकी छन् ।

 

 

यसमा तपाईको प्रतिक्रिया