सरकारविरुद्ध सडकमा उत्रियो एमाले, ठाउँ ठाउँमा विशाल प्रदर्शन पाँच नम्बर प्रदेश कुनैहालतमा टुक्राउन नदिने

julus-nabalparasi

परासी, ७ मंसिर । प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला हटाउने गरी सरकारले संविधान संशोधन गर्न थालेको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार नवलपरासीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् ।

सत्तापक्षले गुल्मी, पाल्पा, अर्घाखाँची लगयातका जिल्लालाई हटाएर नवलपरासीदेखि बर्दियासम्म एक प्रदेश बनाउने गरी संविधान संशोधन गर्न थालेको भन्दै एमालेले विरोध गरेको हो ।

त्यसको विरोधमा आज नवलपरासीको सुनवल, बर्दघाट, गोपिगन्ज लगायतका स्थानमा एमालेका कार्यकर्ताको अगुवाईमा विरोध प्रर्दशन गरिएको एमाले परासी क्षेत्रका संयोजक तुल्सी पासीले जानकारी दिनुभयो । सरकारले गर्न थालेको संविधान संशोधन कुनै पनि हालतमा नस्वीकार्ने उहाँले बताउनुभयो । पाँच नम्बर प्रदेशलाई टुक्राउने षडयन्त्र गरिएकाले एमाले त्यस्को सशक्त प्रतिरोधमा उत्रिएको संयोजक पासीले बताउनुभयो ।

सुनवलमा भएको विरोध प्रर्दशन पछि आयोजित कोणसभामा एमाले जिल्ला सदस्य विमला अर्याल, क्षत्रिय सचिव कृष्ण देवकोटा, क्षेत्रीय सदस्य राजनकुमार आचार्य लगायतले संविधान संशोधनको औचित्य नभएको बताउनुभएको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया