प्रधानमन्त्री प्रचण्डका दुई नेता सभापति शेरबहादु देउवाले चोरेपछि…

deuwa-dahal2

७ मंसिर– सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य अर्को सत्तारुढ घटक काँग्रेसमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय जगदीश पाल र परमानन्द भट्ट काँग्रेस प्रवेश गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले पाल र भट्टका साथै एमाले युवा संघका डोटी अध्यक्ष निलम साउदलाई सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराए ।

कार्यक्रममा देउवाले संविधानलाई संशोधनमार्फत सर्वस्वीकार्य बनाएर मात्र गणतन्त्रसहितका राजनीतिक उपलब्धीको रक्षा गर्न सकिने बताए ।

आगामी २०७४ मागभित्र तीन तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको चर्चा गर्दै उनले लोकतन्त्र बलियो बनाउने एक मात्र विकल्प निर्वाचन भएकामा जोड दिए ।

यसमा तपाईको प्रतिक्रिया