सरकार ढल्ने खतरा : प्रकाश बादल र पम्फाले प्रचण्डलाई फकाउदै !

मंसिर ८ माओवादी केन्द्रको संगठन लथालिंग छ । मंसिर २ र ३ गते बोलाइएको राष्ट्रिय भेला स्थगनसँगै अध्यक्ष प्रचण्डमाथि पार्टी बादलहरुको जिम्मा लगाएर आफू सरकारमै हराएको आरोप लाग्न थालेको छ ।संगठनात्मक विषयमा छलफल गर्न ११ मंसिरमा बोलाइएको पोलिटब्यूरो बैठकले पनि खासै समाधान दिने देखिँदैन । राष्ट्रिय भेलामार्फत २५ सयको जम्बो केन्द्रीय समिति घटाई ५ सयमा झार्ने र अभियान चलाएर नेता कार्यकर्तालाई गाउँ गाउँसम्म पठाउने प्रचण्ड योजना भेला स्थगन हुँदा बीचमै तुहिएको छ ।जनआस्था साप्ताहिकमा खबर छ । ३ नं प्रदेशको इञ्चार्ज रहेका बादललाई संगठन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ । उनले केन्द्रीय कार्यालय पेरिसडाँडामा आक्कल झुक्कल आउनुबाहेक राजधानीबाहिर पाइला टेकेका छैनन् । बादलको निष्क्रियताले संगठन डामाडोल भएको र पम्फा भुसाल समूहलाई हावी बनाएर देव गुरुङ, हितमान शाक्यसहितका स्थापित नेतालाई अलपत्र पारेको आरोप लाग्न थालेको छ । पम्फा भुसाल पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख छिन् भने उनीनिकट श्रीराम अधिकारी प्रशान्तलाई केन्द्रीय कार्यालयको मुख्यसचिव बनाइएको छ । निर्णयको हालसम्मका मुख्यसचिव प्रल्हाद बुढाथोकी र सचिव प्रकाश पोखरेलले विरोध गरिसकेका छन् । यी दुवै जना नारायणकाजी निकट हुन् । प्रकाश पोखरेलले बादल पक्षले आफूहरु र प्रचण्डबीच झगडा चर्काएर फाइदा लिन खोजेको बताउने गरेका छन् । गत साता नारायणकाजी पक्षधर नेताहरुको हात्तीवनमा आयोजित भेलामा प्रकाशले बादल र पम्फाले प्रचण्डलाई फकाउने तथा आफूहरुविरुद्ध कुरा लगाउने गरेको गुनासो पोखेका थिए । सो पक्षले शिक्षा मन्त्रालय आफूहरुको हातमा भए पनि प्रधानमन्त्री र अरु मन्त्रीले आफू पक्षधरलाई पूरै निधेष गरेको निश्कर्ष निकालेको थियो ।

यसमा तपाईको प्रतिक्रिया