लोकमानमा बारेमा यस्तो कुरा आएपछि देउवाको अनुुहारमा चमक

 मंसिर ८ रात रहे अग्राख पलाउँछ’ त्यसै भनिएको हैन रहेछ । दिन जति–जति घर्कदै गयो,लोकमान प्रकरणमा पनि विभिन्न जोड–घटाउ चल्न थालेका छन् । गतिलाले साथ नदिदा लोकमान त्यसै पनि दिनदिनै केटाकेटी शैलीमा प्रस्तुत भइरहेका छन् । हुुदो नहुुँदो उपाय निकालेर महाअभियोग र मुुद्धाबाट बच्नका लागि राजनारायण पाठकबाहेकका आयुुक्तको योग्यतासम्वन्धी रिट दायर गराएका छन् ।  र, हिजोआज बातैपिच्छे ‘इण्डियाले गर्ने भयो’ जस्ता शव्द निकाल्न थालेका छन् । यदि ‘स्याल कराएको र बाख्रा हराएको’ जस्तो होइन भने भारत भ्रमणबाट फर्किएका कांग्रेस सभापति शेरबहादुुर देउवाले लोकमानको मामिलामा केन्द्रित भएर आफू निकटका कानुुन व्यवसायीसँग परामर्श गरेका छन् ।आजको जनआस्था साप्ताहिकबाट पत्नी आरजुुको उपस्थितिमा उनले गरेको परामर्शमा लोकमानलाई बचाउन सकिने र बचाउनै नसकिने गरी दुुबैखाले प्रतिक्रिया आएका छन् । सुुझावमध्ये एकजनाको सुुझावले देउवाको अनुुहारमा चमक आयो । सुुझाव थियो संसद र सर्वोच्चले एकै समयमा एउटै बिषयको वहस चलाउन मिल्ने कि नमिल्ने ?

यसमा तपाईको प्रतिक्रिया