एमालेलाई छोडेर प्रधानमन्त्री, कांग्रेस र मधेसीमोर्चाको बालुवाटार मा बैठक चलिरहदा अर्का मधेसी नेता एवं जन-निर्वाचित सांसद को कडा धम्कि “‘इस बार एक मारोगे तो हम दश मारेंगे”

‘इस बार एक मारोगे तो हम दश मारेंगे’

‘इस बार एक मारोगे तो हम दश मारेंगे’

काठमाडौं, ८ मंसिर । मधेसी मोर्चाका शीर्ष नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर वार्ता गरिरहेका बेला संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवम् निर्वाचित सांसद अभिषेक प्रताम शाहले मार्ने र मर्ने कुरा गरेर आफूतिर सबैको ध्यान केन्द्रित गर्ने प्रयास गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बुधबार बिहान करिव पौने दश बजे सांसद शाहले स्ट्याटस लेखेर ‘इस बार एक मारोगे तो हम दश मारेंगे’ भनेका छन् । उनले यी शब्दावली कुन उद्देश्य र प्रयोजनका लागि भनेका हुन् स्पष्ट खुलाइएको छैन । तर उनको लेखाइको भावनाले राम्रो संकेत नगर्ने सर्वसाधारणको बुझाइ छ ।abhishek-pratap-shaha-foram

सांसद जस्तो गरिमामय पदमा बसेर शाहले आफ्नो पदीय दायित्व र हैसियत भुलेको भनेर कठोर आलोचना समेत भइसकेको छ । पछिल्लो समय सांसद शाहले कठोरपूर्ण स्ट्याटसहरू लेखेर राजनीतिको ध्यान आफूतिर तान्ने प्रयास गरिरहेका छन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट संविधान सभाको दोस्रो निर्वाचनमा कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर ४ बाट शाह निर्वाचित भएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया