प्रधानमन्त्री पुष्प कमल दाहालले नै यसरी झोस्दैछ्न देशमा आगो !

sad-dahal
काठमाडौं, ८ मंसिर– प्रदेशको सीमाङकन, नागरिकता, भाषा र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयलाई लिएर कांग्रेस माओवादी गठबन्धनले संविधान संशोधन गर्ने कार्यसूची अघि सारेको छ । अख्तियारप्रमुख लोकमान सिंह कार्की बिरुद्धको महाभियोगमा छलफललाई योजनाबद्ध रुपमा ढिलाइ गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा गठबन्धन छ । 

संविधानमाथि मधेसी समुदायको असन्तुष्टि भजाएर नेपाल बिरुद्ध नाकाबन्दीसम्म लगाएको भारत संविधान संशोधनको वास्तविक मागकर्ता हो । संविधान निर्माण गर्न लतारिएर मात्र सहमत भएका कांग्रेस र माओवादी एक वर्षअघि आफैंले जारी गरेको संविधान बिरुद्ध भारतसँग मिलेर सक्रिय रुपमा अभियान चलाइरहेका छन् । भारतको स्वार्थमा मधेसी समुदायलाई दुरुपयोग गर्दै आएको मधेसी मोर्चा भने वितग एक वर्षयता मधेसी समुदायबीच नै नाङ्गिंदै आएको छ र नाकाबन्दीबाट सुरु भएको उसको आन्दोलन जनताको साथ नपाएर थन्किएको छ । तर, भारतले मोर्चाका तिनै ५ जना नेताको अनुहार देखाएर त्यसैलाई मधेसी जनताको माग भन्न छोडेको छैन  । 

नेपालको सत्ता राजनीतिमा भारतीइ खेलो फड्कोले बनाएको पुष्पकमल दाहाल नेतृत्वको सरकारको त मुख्य दायित्व नै संविधान कार्यान्वयन गर्न नदिने भारतीय योजनाको गोटी बन्नु हो । अझ भारतीय नाकाबन्दीबाट उठेर उत्तरबाट पनि तय गरिएको पारवहन र कनेक्टीभिटीलाई असफल पार्नु र नेपाललाई भारतले जहिले चाहन्छ त्यहिल्यै नाकाबन्दी लगाउन सक्ने वातावरण निर्माणमा मुख्य भूमिका खेल्नु दाहाल नेतृत्वको सरकारको मुख्य दायित्व हो । भारतले सुम्पेको यही दायित्व पूरा गर्न पुष्पकमल दाहाल संविधान संशोधन प्रस्ताव ल्याउने तयारीमा छन् । 

संविधान जारी गर्दा भारतले जे विषयमा असन्तुष्टि राखेर रोक्न दवाव दिएको थियो । त्यही विषयमा नै अहिले संशोधन गर्न खोजिएको छ । नाकाबन्दीको अस्त्र प्रयोग गरेर पनि नेपाललाई झुकाउन असफल भयो बरु त्यसको बदला नेपालले उत्तरी नाकाबाट पनि आफ्नो अधिकार स्थापित गरेपछि नेपालको यही यात्रा भत्काउने पात्रका रुपमा पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई भारतले प्रयोग गर्यो । यी दुई पात्रलाई भारतले यो पहिलो पटक प्रयोग गरेको भने होइन । भारतले आफ्नो स्वार्थमा नारेका दुई बहर जस्तै दाहाल र देउवा कहिले युद्धको आमनेसामने उभिएर त कहिले एउटै मोर्चामा उभिएर भारतको स्वार्थका लागि सक्रिय भए । संसदीय ब्यवस्थाको केन्द्रमा देउवा हुँदा संसदीय ब्यवस्था विरुद्धै हतियार उठाएका दाहाल पनि भारतकै प्रयोग थिए र दाहालको हतियारका बिरुद्ध राज्य दमनमा प्रयोग भएका देउवा पनि भारतकै प्रयोग थिए । फरक यति हो, त्यसबेला एक आपसमा जुधेर भारतको स्वार्थका लागि नेपाललाई दशकौं लामो युद्धमा फसाएका देउवा र दाहाल अहिले नारिएरै त्यही काम गर्देछन् । 

अब अहिलेको संविधान संशोधनका विषयमा जाउँः 

अहिले संविधान संशोधनको विषय जनतामो माग र असन्तुष्टिसँग जबर्जस्ती गाँसिएको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लैनचौरका कारिन्दा रन्जित रेसम्मले दाहाल र देउवालाई बारम्बार दिएका निर्देशनले यो भारतको स्वार्थका लागि हो भन्ने स्पष्ट छ । संविधान संशोधनमा जनताको असन्तुष्टि भए प्रदेशको सीमाङकन संशोधन नगर, हामी छुट्टिन चाहंदैनौं भन्ने सम्बन्धित प्रदेशका जनताको मतलाई किन कुल्चिइंदै छ त ? भारतका नयाँ खेताला बनेका पुष्पकमल दाहाल प्रदेश नं ५ का पहाडी भागलाई अलग गरेर ४ नं प्रदेशमा मिसाउने र प्रदेश नम्बर ६ का तराईका भागलाई काटेर प्रदेश नम्बर ५ मा मिलाउने प्रस्ताव ल्याउँछन् । तर, उनकै पार्टीका नेतादेखि कार्यकर्तासम्म र त्यहाँका बासिन्दा हामी ५ नम्बर प्रदेशबाट छुट्टिन चाहंदैनौ भन्छन् । अनि छुट्याउनै पर्ने चाहीँ कसलाई खुसी पार्न ? यतिले बुझिंदैन ? तराई र पहाडलाई छुट्याउनु पर्ने र बीरगञ्जको नाकापछि रुपन्देहीको बेलहिया नाका आफ्नो कब्जामा लिने भारतीय योजना अन्तर्गत पुष्पकमल दाहाल यो भूमिकामा उत्रेका हुन् भन्ने यसैले स्पष्ट पार्छ । 

ल एकछिन्लाई मानौं मधेसी मोर्चाले असन्तुष्टि राखेका कारण प्रदेशको सीमा फेरबदल गर्नु पर्यो । मधेसी मोर्चाका मुख्य पाँच जना नेता कहाँका हुन् ? प्रदेश नम्बर ५ सँग उनीहरुको साइनो के हो ? प्रदेश नम्बर ५ का निर्वाचित जनप्रतिनिधि र त्यहाँका जनता प्रदेश नम्बर २ मा चुनाव हारेका ५ जना मोर्चावाला नेताको कारिन्दा हुन् ? भारतको खेतालो भएर आफ्नो देशमा आगो झेस्ने काममा उद्यत पुष्पकमल दाहाल यो प्रश्नको उत्तर दिने सामथ्र्य पनि राख्दैनन् । हुन त उनकै पार्टी र उनको सहयात्री कांग्रेसका कार्यकर्ता यो निर्णय बिरुद्ध सडकमा झण्डा बोकेर आइसकेका छन् । 

भारतको स्वार्थका लागि यस्तो लाचार खेतालो बनेर आफ्नै देशको विभाजनको आव्हान गर्ने पुष्पकमल दाहालले संविधान संशोधनलाई अनौठो पदावली दिएका छन्– संविधानको सर्वस्वीकार्यता । युद्धअपराध र भ्रष्टाचारमा फसेका दाहाललाई भारतको आदेश नमान्ने छुट पनि छैन । किनभने आफ्नो आदेश नमाने बेलाबेला भारतले भित्रभित्रै धम्की दिन्छ– ‘हेग पुर्याइदिउँ ? अख्तियार लगाइदिउँ ?’ 

बेला बेला दाहाल आफैं आफ्नो ज्यान खतरामा रहेको वताएर भारतको यस्तो धम्कीलाई पुष्टि पनि गर्छन् । गतिलो कर्म गरेको भए डराउनु पर्दैनथ्यो । अन्तिममा दाहालका कामले हेग वा भ्रष्टाचारमा जेल जानबाट रोक्न नसक्ने खालकै छन् । आफ्ना अपराधबाट एकछिनका लागि उम्किनँ देशमा किन आगो झोस्दैछन् दाहाल ? संविधान कार्यान्वयनको अघिल्लो सरकारले तयार गरेको कार्यतालिका रोकेर प्रदेश हेरफेर र संविधान संशोधनमा केन्द्रित दाहालका कदमले देशमा आगो झोस्न पुगेको छ । 

यसमा तपाईको प्रतिक्रिया