फेरी आयो दुखको खबर : पोखरामा अल्ट्रालाइट दुर्घटना, पाइलटको मृत्यु

पोखरा, ८ मंसिर । पोखरामा अल्ट्रालाईट दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा पाइलट रसियन नागरिक अलेक्जेण्डर म्याक्सिमोभको रहेका छन् । दुर्घटनामा गम्भीर घाइते उनको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार विहान चापाकोटस्थित लौरुकबाट उडान भर्ने क्रममा एभिया क्लब पोखराको ९ एन एल एल ओपन फ्लाईट पुतली जहाज (अल्ट्रालाईट) दुर्घटना भएको हो ।

जहाजका यात्रु भने सकुशल रहेको कम्पनीले जनाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया