कञ्चन शर्माले बोलिन् यी दश झुठ, जसका कारण भयो बबण्डर

kanchan-jhot

१. कञ्चन शर्माले गजलकार रवि प्राञ्जलको ‘नखुलेको आकाश खुलेर आयो, सायद त्यो बाटो भुलेर आयो’ भन्ने गजललाई कञ्चनले आफ्नो भनेर वाचन गरिन् ।

२. कञ्चनले आफ्ना छोराहरु टक्सन गाडीमा चढ्ने गरेको बताएकी थिइन् । तर ललितपुर टीकाथली पुगेर हेर्दा थाहा भयो, पूर्वपति मोहन रेग्मीको घरमा निजी एउटा मोटरसाइकल मात्रै रहेछ ।

३. कञ्चनले आफ्ना दुई छोराहरु सागर र दीपेन्द्र इञ्जिनियर भएको बताएकी थिइन् । तर दीपेन्द्र इञ्जिनियरिङ पढ्दै गरेका छन् भने सागर विएससीआइटीका विद्यार्थी रहेछन् ।

४. कञ्चनले आफू सात वर्षदेखि सडकमा भौतारिएको बताएकी थिइन् । तर उनले ७२ सालको भूकम्पपछि पूर्वपति मोहन रेग्मीलाई फोन गरेर भनेकी रहिछन्, ‘ए इञ्जिनियर, मेरो त घर भैचालोले भत्कायो, तेरो के भयो ?’ ७२ सालको भूकम्पमा कञ्चन मैतिदेवीस्थित आफ्नी दिदीको घर नजिकै डेरामा बस्थिन् ।

५. कञ्चनले आफूलाई दीक्षा चापागाईले फोहोरबाट उठाएको दावी गरेकी थिइन् । तर उनी दीक्षाको आश्रममा सफा पेटीबाट गएको विषय बाहिर आइसकेको छ ।

६. बिएससी नर्सिङ पास गरेको र ओम नर्सिङ होममा चार वर्ष काम गरेको कञ्चनले बताएकी थिइन् । तर यो कुराको कतैबाट पनि पुष्टि हुन सकेन । उनी परीक्षाबाट निष्कासित भएको विषय बाहिर आयो ।

७. कञ्चनले मोहन रेग्मीको नाम लिएकी छैनन् । तर उनले अप्रत्यक्ष रुपमा मोहन रेग्मी अझै पनि आफ्नो पति भएको बताएकी छन् । खासमा उनीहरुबीच ६८ सालमै सम्बन्ध विच्छेद भइसकेको थियो । यति ठूलो विषय लुकाएर उनले भ्रम फैल्याइन् ।

८. कञ्चनले आफ्नो माइती नभएको र दिदीले बिहे गरिदिएको बताएकी थिइन् । सत्य कुरा उनका चार जना दाजुभाइ रहेछन् । तीन दिदी बहिनी पनि छन् । उनीहरु सामथ्र्यवान पनि छन् भन्ने विषय बाहिर आइसकेको छ । त्यो भन्दा पनि महत्वपूर्ण त कञ्चनकी आमा पनि जीवीतै छन् ।

९. आर्यघाटमा चीताको राप तापेर पनि धेरै रात कटाएको उनले बताएकी थिइन् । तर यो कुरा हो भन्ने मान्छे कञ्चनबाहेक अर्को कोही भेटिएको छैन ।

१०. कञ्चनले नेपाल आजसँगको कुराकानीमा पाँच महिना अघि भनेकी थिइन्, ‘मेरा पति समलिंगी रहेछन् । एक दिन मैले घरमा काम गर्ने केटोसँग ओछ्यानमै लडीबुडी गरेको देखेकी थिएँ ।’ तर मोहन रेग्मी अहिले आफ्नी कान्छी पत्नीसँग छन् । उनले कान्छीबाट एक छोरा पनि जन्माएका छन् ।

यसमा तपाईको प्रतिक्रिया