प्रचन्डले मागे आफ्नै संचारमन्त्री राम कार्कीको राजिनामा, नदिय वर्खास्त गर्ने तयारी! किन आगो बने आफ्नै मन्त्री माथि प्रधानमन्त्री?

८,मंसिर,काठमाण्डौं । नेकपा माओवादी केन्द्रबाट उर्जामन्त्री बनेका जनार्दन शर्माको हाई–हाई भएको बेला माओवादीकै नेता तथा सञ्चारमन्त्री राम कार्कीलाई प्रचण्डले वर्खास्त गर्ने तयारी गरेका छन् । ram-karki-1

आफुलाई नेताभन्दा वढी विश्लेषक ठान्ने सञ्चारमन्त्री कार्कीले मन्त्रीको जिम्मेवारी पुरा नगरेको र असक्षमता प्रर्दशन गरेको भन्दै प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले उनलाई वर्खास्त गर्ने तयारी गरेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्रीले पहिलो चरणमा उनलाई आफै राजीनामा वुझाउन निर्देशन दिएका छन् । कार्कीलाई राजीनामा नदिए प्रधामन्त्री स्वंयमले उनलाई मन्त्रीबाट हटाउनेछन् । मन्त्री हटाउने अधिकार प्रधानमन्त्रीसंग रहन्छ ।  

माओवादी उच्च स्रोतका अन्ुसार कार्कीले सरकारको प्रवक्ताको जिम्मेवारी पुरा नगरेको,सरकारका सकारात्मक काम कार्वाहीको प्रचार–प्रसार गर्न चुकेको,आफ्नै मन्त्रालयको काम गर्न नसकेको र पुरानै शैली र बानिको निरन्तरता देखाएको आरोप छ । देशभरका माओवादी समर्थीत पत्रकारहरुले समेत राम कार्कीको आलोचना गर्दै आएका छन् । जिल्लाबाट आएको सिफारीसमा समेत उनले वेवास्ता गर्न थालेपछि माओवादीका नेता कार्यकर्ताले प्रचण्डसंग गुनासो गरेका थिए ।

पछिल्लो समय निकै दवावमा रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी हितका लागि जुनसुकै निर्णय गर्नबाट आफु पछि नहट्ने पार्टी केन्द्रिय समितीकै वैठकमा बताइसकेका छन् ।  यसअघि कार्कीले आफुनिकट पुर्वका नेता कार्यकर्तालाई उचालेर आफु बाबुराम भट्टराई निकट भएकाले जसरी पनि मन्त्री पाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई डेलिकेसन दिन लगाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया