बालुवाटार मधेशी मोर्चासँगको बैठकमा नारायणकाजीले गरे सरकार चाँडै ढल्ने खुलासा

narayankaji-shrestha
काठमाडौं, ८ मसिंर – आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आफ्नो निवास बालुवाटारमा छलफल गरिरहँदा माआवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सविधान संशोधन नभए सरकार ढल्ने बताएका छन् ।

सविधान संशोधन प्रस्ताव दर्ता गराउन मधेशी मोर्चाको पनि सहमति चाहिन्छ भन्दै नेता श्रेष्ठले दर्ता गराएर मात्र हुँदैन, त्यो पास पनि हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा सहभागि एक नेताका अनुसार सविधान संशोधन दर्ता भएपछि यदि त्यो पास भएन भने सरकार पनि ढल्ने कुरा राखेका थिए तर कसरी ढल्छ भने कुरा भने खुलाएका थिएनन् । उनले त्यति मात्र भनेनन्, संशोधन प्रस्ताव दर्ता नभए माआवादी केन्द्रको पनि बदनामा हुने धारणा राखेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया