होसमा आएपछि चित्रबहादुर केसीले अस्पतालमा यो के भने ? डाक्टर पनि चकित!

chirta7

काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अहिले काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार गरिरहेका छन् ।

केसी बुधबार दिउँसो घरबाट पार्टी कार्यालय जाने क्रममा गुडिरहेको माइक्रोबसबाट खसेर घाइते भएका थिए । ढोका नजिकैको सीटमा बसेका केसी बसबाट सडकमा खस्दा बेहोस भएका थिए । लगत्तै स्थानीयले प्रहरीको सहयोगमा अस्पताल लगे ।

अस्पताल पुगेपछि मात्रै उनको होस खुलेको थियो । चिकित्सकका अनुसार उनको टाउको र ढाडमा चोट लागेको छ । अस्पतालको बेडमा होस खुल्दा केसीले ‘म त मर्ने नै हो, खै कसरी बाँचें ?’ भनेपछि उनको उपचारमा खटिएका डाक्टर छक्क परेका थिए ।

chitra-bhadur-kc-hospital-1

‘उहाँ (केसी)लाई फोन आउँदा ‘माइक्रोबाट खस्दा म त मर्ने नै हो, खै कसरी बाँचें ?’ भनेपछि डाक्टरहरु र त्यहाँ उपस्थित सबै जना छक्क परे,’ उनका भतिजा हिरा केसीले भने- ‘त्यसपछि सवारी चालकको हद भयो भन्दै झर्किए ।’

भतिजा हिराका अनुसार चित्रबहादुर सवारी चालकको लापरवाहीका कारण माइक्रोबाट सडकमा खसेका थिए । केसी खसेको माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केसीले हस्पिटलबाटै सबै नेपाली जनतालाई यस्तो सन्देश लेखेका छन्ः

“साथिहरु नआत्तिनु होला, म खतरामुक्त छु । आज बिहान पौने एघार बजे पार्टी अफिस जाने क्रममा म माइक्रोबाट खसे ।अहिले म KMC अस्पतालमा छु । डाक्टरहरुले मलाइ कुनै खतरा नभएको बताउनु भएको छ । मेरो स्वस्थ्य स्थिती सामान्य नै छ । मेरो स्वास्थ अवस्थाप्रती चिन्ता र चासो ब्यक्त गर्दै शिघ्र स्वास्थलाभको कामना गर्नुहुने सम्पुर्ण जनसमुदाय, पार्टी पङ्ती, आफन्तजन र मेरो उपचारमा सङ्लग्न KMC अस्पतालका डाक्टर, नर्स र सहयोग गर्ने सम्पुर्ण कर्मचारीहरु प्रती म हार्दिक आभारका साथ धन्यवाद दिन चाहन्छु  श्रोत दैनिक नेपाल 

यसमा तपाईको प्रतिक्रिया