मधेसी मोर्चाका नेताहरु संग प्रधानमन्त्री प्रचण्डको कानेखुसी-“ओली संग त कुरा गर्नुको कुनै तुक नै छैन”

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्नुको तुक नरहेको बताएका छन् । उनले संविधान संशोधन प्रस्तावमा सहमति जनाएर पुनः कुरा फेरिकाले ओलीसँग कुरा गर्नुको अर्थ नभएको बताएका हुन् ।

‘सहमतिकै आधारमा संविधान संशोधनको प्रस्ताव ल्याउने ओलीसँग सहमति भएको हो, ओलीजी दुई दिनमा पुनः पुरानै अडान लिएर संविधान संशोधनको अर्थ छैन भनेर आउनु भो’, प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने ।

morcha prachanda deuwa meeting

फाइल तस्विर

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको कांग्रस माओवादी र मधेसी मोर्चाबीच भएको छलफले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । सहमतिको नाममा एमालेलेलाई नर्कुने निर्णय गर्दै बैठकले दुई दिनभित्र प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग संविधान संशोधनको बारेमा कुरा गर्नुको अर्थ नभएकाले मोर्चासँग प्रस्ताव अगाडि बढाउने अनुमति दिन आग्रह गरेका छन् ।

मधेसी मोर्चाले पनि सरकारले ल्याउने संविधान संशोधन प्रस्तावको आधार समर्थन वा विरोध गर्ने जनाएको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।

यादवले भने,‘संविधान संशोधनको लिखित प्रस्तावको बारेमा कुनै छलफल भएन, चार विषयमा प्रस्ताव तयार गरेको प्रधानमन्त्रीले बताउनु भो, आएपछि मात्र अब छलफल हुन्छ ।’

मधेसी मोर्चाले पछिल्लो पटक संविधान संशोधन प्रस्ताव ल्याउनको लागि मंसिर १३ गतेसम्मको समयसीमा दिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्नको लागि पनि संविधान संशोधन आवश्यक भएकाले दुई दिनभित्र प्रस्ताव दर्ता हुने विश्वास मोर्चालाई दिलाएका छन् । प्रचण्डको प्रस्तावप्रति सत्तारुढ दल कांग्रेस पनि समर्थन जनाएको छ ।

सत्ता गठबन्धन र मोर्चाको पछिल्लो तयारीले संविधान संसोधन पक्षधर सत्तारुढ दल तथा मधेशी मोर्चा र विरोधी एमालेबीच झडपको अवस्था पैदा हुन सक्ने सम्भावना बढेको विश्लेषकहरुले बताएका छन् । एमालेको स्थायी कमिटीले यस अघी नै जवर्जस्ती संविधान संसोधन गर्न खोजिए सडक र सदनमा प्रतिकार गर्ने निर्णय गरिसकेको छ ।

यसमा तपाईको प्रतिक्रिया