दक्षिण कोरियाकी राष्ट्रपति पार्क गिउन हाय फेरि अनौठो विवादमा, राष्ट्रपति कार्यालयले किन किन्यो ४०० गोलि भियाग्रा?

एजेन्सी । बेला बेला निजी जिन्दगीको विषयमा चर्चामा आइरहने दक्षिण कोरियाकी राष्ट्रपति पार्क गिउन हाय फेरि अनौठो विवादमा तानिएकी छिन् ।

viagra_femenina_addyi_getty

उनको कार्यालयले कामोत्तेजक औषधी भियग्रा खरिद गरिएको विषयले अहिले हंगामा मच्चिएको छ । भियग्रा यौन उत्तेजना बढाउन पुरुषले खाने औषधी हो । भियग्रा खरिद गरेको समाचार आएसँगै राष्ट्रपति कार्यालयले आफ्नो बचाउ गरेको छ ।

 south_korean_president_park_geun-hye

राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै अर्कै प्रयोजनका लागि भियग्रा खरिद गरिएको प्रष्टिकरण दिएको हो । झण्डै चार सय गोली भियग्रा खरिद गरिएको हो, विज्ञप्तीमा भनिएको छ, पूर्वी अफ्रिकाको भ्रमणमा उचाइका कारण हुने बिरामीबाट जोगिनका लागि खरिद गरिएको हो यद्यपी अहिलेसम्म यसको प्रयोग गरिएको छैन ।

राष्ट्रपति हाय माथि एक पुरानो पुरुष साथीसँग उनी प्रभावित हुने गरेको आरोप लाग्दै आएको बीबीसीले जनाएको छ । संचार माध्यामहरुमा उनले कस्तो लुगा लगाउँछिन्, सरकारी कामकाजमा कस्तो निर्णय गर्छिन् भन्ने विषयमा ति पुरुषबाट प्रभावित हुन्छिन् भन्ने समाचारहरु आइरहन्छन् ।

यसमा तपाईको प्रतिक्रिया