मधेसीसँग प्रधानमन्त्रीले भने, ‘प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु

 dahal-pm-2.jpg
मंसिर ९ प्रचण्ड प्रधानमन्त्री एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो । मोर्चाका केही नेताहरूले चारबुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा म धर्मसंकटमा परेको छुु । सरकार बनाउँदा तीनबुँदे सहमतिमा संविधान संशोधन गर्ने भनिसकेकाले माओवादी र कांग्रेस संशोधनका लागि सहमत छन् ।     म जसरी पनि प्रस्ताव दर्ता गर्छु । तपाईंहरूले साथ दिने हो कि होइन प्रस्ट पार्नुस् । यदि प्रस्ताव फेल भयो भने गठबन्धन त भत्किन्छ नै मैले नैतिक हिसाबले राजीनामा पनि दिनुपर्छ । मोर्चाले प्रस्तावमा सहमति नजनाउने हो भने म एक्लै मेरो पार्टीको ११ प्रदेशको प्रस्ताव दर्ता गराउँछु अनि जनतामा जान्छु । ल भन्नुहोस्, तपाईंहरूको धारणा के छ ? आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया