‘पपुलर भोट’ मा चुनाव हारेकी हिलारीले ट्रम्पलाई यसरी जितिन्

donald-trump-hillary-clinton_

काठमाडौं ,९ मंसिर– हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘पपुलर मत’ ल्याएकी छिन् । उनले डोनाल्ड ट्रम्पलाई बीस लाख भोटले पछि पारेकी हुन् ।

‘कुक पोलिटिकल रिपोर्ट’का अनुसार पछिल्लो दुई हप्तादेखि जारी ‘पपुलर मत’ गणनामा हिलारीे डोनाल्ड ट्रम्पभन्दा २० लाख मतले अघि छिन् । रिपब्लिकन डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीकी प्रत्याशी हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् । ट्रम्पलाई २७९ इलेक्ट्रोल मत प्राप्त भएको थियो भने हिलारीले २२८ मा चित्त बुझाउनु परेको थियो । यसबाट के स्पष्ट भएको छ भने निर्वाचनमा हिलारी क्लिन्टनले प्रतिशतका हिसावले धेरै भोट पाइन ।

आम जनतामा ‘पपुलर मत’ मा बहुमत तथा इलेक्ट्रोल भोटमा आफ्ना प्रतिस्पर्धिभन्दा कम भोट पाउने भएपछि उमेदवारको हार हुनेछ । इलेक्टोरल पद्धतिमा जुन प्रान्तमा जुन उमेदवारको भोट बहुमत मिल्छ, उक्त प्रान्तको पूरै इलेक्टोरल भोट त्यही उमेदवारको खातामा चढ्छ । २००० को चुनावमा अल गोरको ‘पपुलर मत’मा जर्ज बुशको भन्दा पाँच लाख धेरै थियो । तर सीनेटमा थोरै पछाडि रहे । जसका कारण उनले चुनाव हारे ।

यसपटक हिलारीलाई क्यालिफोर्निया जस्ता राज्यमा राम्रो मत प्राप्त भएको थियो । तर ट्रम्पलाई अनिर्णित राज्यमा धेरै मत मिलेका कारण उनको जित भएको थियो ।

 

Loading...

यसमा तपाईको प्रतिक्रिया