सत्तापक्षले पेलेरै गर्न लागेको संबिधान संशोधन बिरुद्द सडकमा ओर्लिय जनता, सिमांकनमा हेरफेर गरे ज्यान दिने चेतावनी

गुल्मी, ९ मंसिर । संविधानप्रति असन्तुष्टि जनाउदै आएका केहि राजनीतिक दलका मागहरु सम्बोधन गर्ने नाममा सम्बिधान संशोधन गर्न लागिएकोप्रति गुल्मेलीहरु आन्दोलनमा उत्रने भएका छन् ।gulmi-birodh

नेपाली जनताको अधिकतम् सहभागितामा जारी भएको संविधानको सफल कार्यन्वयन गर्नुको सट्टा संशोधनतर्फ लाग्नुले थप जटिलता सिर्जना भएको भन्दै गुल्मेलीहरु आन्देलनमा उत्रने भएका हुन् ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा सदरमुकाम तम्घासमा बिरोध र्याली गरी प्रमुख जिल्ला अधिमार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापन पत्र पठाउदै जिल्ला स्थित सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था लगायत आम गुल्मीबासीहरुले संशोधनको विरोधमा समर्थन जनाएका छन् । साथै उनिहरुले प्रदेश नम्बर ५ का पहाडि र तराइका जिल्लाहरुलाई टुक्राउने प्रस्ताव दर्ता हुन लागेको भन्दै प्राप्त गरेको उपलब्धिहरुलाई संशोधनको नाममा छिन्नभिन्न पार्ने दुष्पर्यास भएमा कडा संर्घषमा उत्रने चेतावनी दिएका छन् ।

लामो समयदेखि तराइका जिल्लाहरुसँग रहेको ब्यापारीक सम्बन्ध आत्मियता र एकतालाई प्रदर्शन गरेको कुरा सबैमा स्मरण गर्दै ज्ञापन पत्रमा आम गुल्मेली जनताहरुलाई असुविधा हुनेगरि घोषित सिमांकनको हेरफेर हुदैँछ भन्ने राजनीतिक चर्चा संसदमा पेश हुन लागेको संविधान संशोधनप्रति गुल्मेलीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

साथै गुल्मेलीहरुको भावना विपरित संविधान संशोधन भएमा ज्यानको आहुति दिन समेत पछि नपर्ने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

 

यसमा तपाईको प्रतिक्रिया