प्रधानमन्त्री प्रचन्डलाई एमालेले दियो ‘कायर देशद्रोही’को संज्ञा, के जवाफ देलान अब प्रचण्ड र देउवाले?

९,मंसिर,काठमाण्डौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई देशद्रोहीको संज्ञा दिएको छ । एमालेको मुखपत्र दृष्टि साप्ताहिकले खरो टिप्पणी लेख्दै प्रचण्डलाई देशद्रोहीको संज्ञा दिएको हो । ‘देशद्रोहीको हातमा देश ’ शीर्षक दिएर दृष्टिले यस्तो टिप्पणी लेखेको लेखेको हो ।

‘कायरहरू मृत्युभन्दा अघि पटक पटक मर्छन्– महान् नाटककार विलियम शेक्सिपियर भन्थे । अहिले नेपालमा कायर नेताहरू पटक पटक मरिरहेछन् ।’ दृष्टिले लेखेको छ  ‘मरेतुल्य बनेर नेपाली जनतालाई अन्यौल, अस्थिरता र अराजकताको भारी बोकाइरहेछन् । सहमतिको अलाप जप्दा जप्दै नेपालमा विकासको गति लिन पाएको छैन । राजनीतिक अन्यौलताले आम जनतामा उत्साह भर्न पाएको छैन ।’

भारतका सामु लम्पसार परेर कायरता प्रदर्शन गरेको भन्दै दृष्टिले प्रचण्डलाई कायरको संज्ञा समेत दिएको छ ।

साथै दृष्टिले प्रचण्डका साथै देउवालाई पनि कायरतका संज्ञा दिएको छ । दृष्टिको टिप्पणीको छोटो अशं यस्तो छ

“कायरहरू मृत्युभन्दा अघि पटक पटक मर्छन्– महान् नाटककार विलियम शेक्सिपियर भन्थे । अहिले नेपालमा कायर नेताहरू पटक पटक मरिरहेछन् । मरेतुल्य बनेर नेपाली जनतालाई अन्यौल, अस्थिरता र अराजकताको भारी बोकाइरहेछन् । सहमतिको अलाप जप्दा जप्दै नेपालमा विकासको गति लिन पाएको छैन । राजनीतिक अन्यौलताले आम जनतामा उत्साह भर्न पाएको छैन । देश विदेशका नेपथ्यका खेलाडीहरूलाई समेत खुशी बनाउने ध्यानमा देशले जुन कोर्स लिनुपर्ने हो लिन सकेको छैन । यसको मुख्य कारण नेताहरूले जोखिम मोल्न नसक्नु हो । नेपालमा जोखिम मोल्ने नेताहरूको खडेरी पर्दा देश अन्यौलको भूमरीबाट मुक्त हुन सकेको छैन । देशको भलो के गर्दा हुन्छ र जनताको जायज मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानबाट पत्ता लाग्ने विषय हो । विना पूर्वाग्रह गरिएको गहिरो अध्ययनले मात्र देशको वास्तविक समस्या देखाएर कुशल नेतृत्वले निर्माण गर्ने योजना र त्यसको कार्यान्वयनले हल निस्कन्छ । कुरा सबैको सुन्नुपर्छ तर निर्णयक्षमता नेतृत्वमा हुनुपर्छ । नेपाली राजनीतिमा कुरा सुन्ने भन्दा सुनाउने नेता भए निर्णय गर्ने भन्दा निर्णय सुन्नेको हालीमुहाली भयो ।”

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि शेरबहादुर देउवासम्मलाई भारतीय प्राध्यापक एसडी मुनी यो या त्यो गर नगर भन्छन् । एउटा रिटायर्ड प्राध्यापकले त यसो भन्छन् भने विदेशी राजदूतहरूले के कस्तो निर्देशन गर्छन् होला रु कुरा सबैको सुन्नुपर्छ । एसडी मुनी अध्ययनकर्ता हुन्, नेपालबारे जानकार हुन् । उनको कुरा सुन्नुपर्छ तर उनको निर्देशन नेपालमा चल्दैन भन्ने स्पष्ट पार्नसक्नुपर्छ ।  

यसमा तपाईको प्रतिक्रिया