प्रचण्डले आफ्नो गलत प्रचार गरेपछि ओली फायर, सार्वजनिक कार्यक्रमबाटै सुनाए ‘बोल्ड’ निर्णय

Kp-Oli-Prachanda.jpg
काठमाडौं, ९ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक्लै नभेट्ने घोषणा गरेका छन् ।

एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुद्धारा विहिबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ओलीले एक्लै भेट्दा प्रचण्डले आफ्नो बारेमा गलत प्रचार गर्ने गरेको गुनासो गदै अब आफूले साथीसँग मिलेर मात्रै भेट गर्ने बताए ।

‘एक्लै भेटेपछि उहाँले बाहिर निस्कनासाथ अनेक थोक भनिदिनुहुन्छ, त्यसैले उहाँलाई भनेको छु, एक्लै भेट्दिँन, साथीसँग मात्रै भेट्छु,’ आक्रामक रुपमा प्रस्तुत हुँदै ओलीले भने ।

 

यसमा तपाईको प्रतिक्रिया