एमाले निकट अनेरास्ववियू र युवा संघको सयुक्त कार्यक्रममा ओलीकै अगाडी कमल थापाले देखाय साहस -“पार्टी बलियो बनाउन एमालेकै कार्यकर्ता चोर्छु”

काठमाण्डौं, ९ मंसिर– एकीकृत राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय हित, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको विरुद्ध हुने गरी संविधान संशोधनको प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् ।

एमाले निकट अनेरास्ववियू र युवा संघले विहिबार आयोजना गरेको संविधानको कार्यान्वयन र संशोधन : एक प्रश्न विषयक विचार गोष्ठीमा अध्यक्ष थापाले भाषण गरेको भरमा संविधान संशोधन हुन नसक्ने बताए । ‘नेताहरु बिहान एउटा कुरा गर्छन्, बेलुका अर्कै कुरा गर्छन् । कन्टेन्टमा कुनै छलफल नै भएको छैन । अनि संविधान संशोधनको कुरा मात्र गरेर हुन्न’– थापाले भने । 

राप्रपा र राप्रपा नेपालबीच एकता गरेर अध्यक्ष बनेका थापाले राप्रपालाई देशको बलियो पार्टी बनाउने बताउदै हलमा सहभागीहरुतर्फ देखाउँदै भने, ‘यहीँबाट कार्यकर्ता चोरेर लैजान्छौं ।’

उनले, संविधान समाबेशी छैन भनेर देश–विदेशमा खुब प्रचार गरिए पनि यो संविधान समाबेशिताको हिसाबले संसारकै उत्कृष्ट संविधान भएको बताए । उनले ९० प्रतिशत भन्दा बढीले संसदबाट पारित गरेको संविधान सर्वस्वीकार्य छैन भन्न नमिल्ने बताए ।

 

यसमा तपाईको प्रतिक्रिया