प्रचण्डलाई टोपबहादुरको खुल्ला चुनौती : पहाड र तराईलाई अलग गर्ने प्रस्ताव फेल हुन्छ

top-bahadur-rayamajhi-5

९ मंसिर, काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीको सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावलाई ‘बजार हल्ला’ को संज्ञा दिएका छन् ।

पहाड र तराईलाई अलग गराउने गरी ल्याइने संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदबाट पास नहुने मात्रै होइन, यसले त्यस्तो प्रस्तावक पार्टीलाई समेत घाटा हुने माओवादी नेता रायमाझीले बताए ।

एमालेसमर्थित युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रायमाझीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले ल्याउन लागेको प्रस्तावलाई ‘बजारे हल्ला’को संज्ञा दिएका हुन्

 

यसमा तपाईको प्रतिक्रिया