प्रचन्डलाई केपी ओलीको कडा प्रश्न: टाउको ठोकाएर मित लगाइदिंदा गरेका वाचा पूरा गर्न संविधान संशोधन ? ख्याल रहोस, संसदमा एमाले पनि छ!

काठमाडौं, ९ मंसिर–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादी गठबन्धन बनाउँदा विदेशीसँग गरिएको बाचा अनुरुप संविधान संशोधन गर्न खोजिएको वताएका छन् । युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले संविधान संशोधन सम्बन्धी कुरा देशका भए पनि आदेश विदेशको रहेको वताएका हुन् । 

oli-new

‘नीति विचार उद्धेश्य केही नमिल्नेलाई मित लगाएर सरकार बनाउनु पर्यो । लगाएको मित भए त हुन्थ्यो नि, अर्कैले टाउको ठोकाएर मित लगाइदिएको । टाउको ठोकाइदिंदा संविधान संशोधन गर्ने बाचा गरिएको थियो’ ओलीले भने, ‘टाउको ठोकाएर मित लगाइदिंदा पुष्पकमलले गरेजस्तो बाचा मैले गरेको भए र अहिले पुष्पकमलले अहिले गरेजस्तै काम म गर्छु भनेको मै हुन्थेँ नि प्रधानमन्त्री । मित लगाउँदा विदेशीसँग गरेका बाचा पूरा गर्नु छ कुरा छन् देशका । कुरा देशका, आदेश विदेशका ।’  

कुरा देशका, आदेश विदेशका 
गत वर्ष हामी पनि कांग्रेस नेतृत्वको सरकारमा थियौं । संविधान संशोधन प्रस्ताव हामीलाई नसोधी कांग्रेसले दर्ता गरायो । यो संशोधन गरेर के हुन्छ भन्यौं । हुने त केही होइन तर संशोधन गरौं भन्यो । संशोधन गरेपछि समस्या समाधान हुन्छ त भन्यौं । जिम्मा जमानी कांग्रेस बस्यो । गीत न बाजा कम्मर मर्काएर नाच्न लगाइयो । अहिले फेरि संशोधनको हल्ला चलाइएको छ । कहाँबाट आयो संविधान संशोधनको कुरा सबैले बुझेकै छन् । नीति विचार उद्धेश्य केही नमिल्नेलाई मित लगाएर सरकार बनाउनु पर्यो । लगाएको मित भए त हुन्थ्यो नि, अर्कैले टाउको ठोकाएर मित लगाइदिएको । टाउको ठोकाइदिंदा संविधान संशोधन गर्ने बाचा गरिएको थियो ।  त्यो टाउको ठोकाएर मित लगाइदिंदा पुष्पकमलले गरेजस्तो बाचा मैले गरेको भए र अहिले पुष्पकमलले अहिले गरेजस्तै काम म गर्छु भनेको मै हुन्थेँ नि प्रधानमन्त्री । मित लगाउँदा विदेशीसँग गरेका बाचा पूरा गर्नु छ, कुरा छन् देशका । कुरा देशका आदेश विदेशका ।  

साम्प्रदायिकता भड्काउने कुरा मात्र 
संविधान संशोधन गर्नु पर्ने मधेसको समस्या के हो अहिलेसम्म तपाईंहरुले सुन्नु भएको छ ? यही मञ्चमा मेरै अगाडि भ्रम पारियो– जिम्मेवार हुनु पर्यो रे । नत्र अनिष्ट हुन्छ रे । यही हो मधेसको समस्या ? सर्लाहीमा बस्ने मान्छेलाई अर्घाखाँची र प्युठान चाहियो रे यो हो मधेसको समस्या ? पहाड र मधेस छुट्याउनै पर्ने, नत्र नत्र भनेको छ । समस्या त केही राखेको छैन । यही मञ्चमा हृदयश त्रिपाठी, जितेन्द्र देवले बोल्नु भो, मधेसको यो समस्याका लागि संविधानको यो धारा संशोधन गरौं भनेको सुन्नु भो ? संशोधनमा सघाउनु पर्यो नत्र भन्ने बाहेक उहाँहरुले के भन्नु भो ? संविधान सम्बन्धी कुरा केही गरेका छैनन् । माधव नेपाल रौतहटमा चुनाव लड्ने हृदयश त्रिपाठी पहाडमा किन नलड्ने रे । रौतहटमै बस्ने मान्छे रौतहटमै त उठ्ने हो नि । माधव नेपाल र हृदयश त्रिपाठी को पहिले मधेसमा बसेको ? राजेन्द्र महतो र माधव नेपाल को पहिले मधेसमा बसेको ? पहाडबाट उठ्ने भए १० वर्ष जति तेह्रथुम बस्नु नि । उकाली ओराली छन् सक्नुहुन्छ बस्न ? अरु केही कुरा नपाएर साम्प्रदायिकता भड्काउने कुरा मात्रै छन् । 

संसदमा एमाले पनि छ ख्याल रहोस् 
मलाई थाहा छ यो सरकारले संविधान संशोधन प्रस्ताव टेवल गर्छ । तर, ख्याल रहोस् संसदमा एमाले पनि छ । धेरै किसिमका प्रयास छन् । यो सरकारका उद्धेश्य धेरै छन् । यसले पुरक बजेट पनि ल्याउँछ । यसअघिको सरकारले ल्याएको आत्मनिर्भरताका कार्यक्रम लागू हुन नदिन यसले पुरक बजेट ल्याउने तयारी गरेको छ । किनभने नेपालीलाई गरिव बनाएर कुल्लीका रुपमा विदेश सप्लाइ गर्ने यसको उद्धेश्य छ । नेपालीलाई गरिव र कुल्ली बनाएर विदेशमा काम गर्न खटाउने एजेन्टसँग मिल्छ यसको सिद्धान्त । 

चुनावको कुरा आउँदा टाउको मात्रै हल्लाउँछ 
मैले प्रधानमन्त्रीबाट राजीनामा गरेको आज ठ्याक्कै चार महिना भयो । चार महिनामा यो सरकारले संविधान कार्यान्वयनका लागि चुनावको तयारी गर्यो ? पहिले सार्वजनिक गरिएको तालिकालाई फालेर संविधान संशोधनको किचलो अगाडि सार्यो । चुनावका लागि कानुन बनाउने, संशोधन गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग यसले बनायो ? किन भने चुनाव गर्ने कुरा यसको उद्धेश्य होइन । उसले चुनाव पनि गर्नु पर्छ भनेर टाउको हल्लाउँछ । तीनतासेले तास फिटेजस्तो कुरा फिटेर देशमा बिखण्डन ल्याउने काम गर्छ । एमाले रहुन्जेलसम्म उनीहरुका यस्ता सपना पूरा हुन दिइने छैन । 

 

यसमा तपाईको प्रतिक्रिया