आजको राशिफल: वि.सं. २०७३ साल मङ्सिर १० गते। शुक्रबार इश्वी सन् २०१६ नोभेम्बर २५ तारिख।

आजको राशिफल: वि.सं. २०७३ साल मङ्सिर  १०  गते। शुक्रबार  इश्वी सन् २०१६ नोभेम्बर  २५  तारिख।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ । प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

 कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन ।  प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चन्द्रमाको शुभफलमा कमी आउनाले मिश्रित प्रभाव भएको समय हुनेछ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिलाई बेवास्ता गर्नाले लक्ष्य पहिल्याउन धौधौ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

हठ गर्ने बानीले दुःख पाइएला । तर धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आफ्नै घरमा चन्द्रमा भए पनि मिश्रित प्रभाव भएको दिन छ । विभिन्न अवसर आए पनि व्यस्तता र कमजोरीका कारण मौकाको फाइदा उठाउन सकिंदैन । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । भेटघाटको अलमलले काम रोकिन सक्छ । त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो, आज ।

यसमा तपाईको प्रतिक्रिया