संविधान संशोधनको विषयलाई लिएर प्रचण्ड –ओलीबिच चर्काचर्की

KP-Oli-Prachanda.jpg
काठमाडौं, १० मंसिर ।
संविधान संशोधन तयारीको विष्यलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार साँझ चर्काचर्की भएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ –प्रधानमन्त्री निवास बालुवाटारमा ओली सहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर पाँचबाट तराई र पहाड छुट्याएर मधेसी मोर्चाको माग सम्बोधन चाहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव लैजाने तयारी पुरा भइसकेकाले धेरै विरोध नगर्न आग्रह गरेका थिए ।

जवाफमा ओलीले सिमांकन हेरफेरको अधिकार संविधानको धारा २४४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसदसँग त्यो संबैधानिक हैसियत नै नभएको जिकिर गरेका थिए । सरकाले सीमांकन चलाउन खोजे त्यसविरुद्ध अदालत जाने चेतावनी समेत ओलीले दिए ।
प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार दाहालले एक वर्षको अनुभवले हठमाधै लिए संविधान कार्यन्वयन असम्भव रहको प्रष्ट देखिएकाले ‘यर्थाथताको धरातलमा आउन’ओलीलाई सम्झाएका थिए । दाहालले धारा २४४ मा सीमांकन हेरफेर गर्न संसादले नपाउने अवस्था सिर्जना भएमा उत्त धारा नै खारेज गरिदिने चेतावनी ओलीलाई दिएपछि स्थिति केहिबेर तनाबपूर्ण भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया