एमाले कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन

kp-oli-4-768x363
मंसिर १० मुख प्रतिपक्षी दल एमालेले संविधान संशोधनमा गर्न लागिएको राष्ट्रघाती प्रस्ताव रोक्न सम्झौताहीन सघर्ष  गर्ने घोषणा गरेको छ ।सरकारले पहाडबाट तराईलाई अलग गर्दै राष्ट्रघाती संविधान संशोधन प्रस्ताव ल्याउन लागेको भन्दै सडक र सदन दुवैबाट कडा प्रतिवाद गर्ने उद्घोष एमालेले गरेको हो । 
यसका लागि एमालेले आन्दोलनका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । बिहीवार पार्टीको भातृ संगठन युवा संघ र अनेरास्ववियुले अयोजना गरेको संविधानबारेको बिग बहसमा एमाले अध्यक्ष ओलीले आन्दोलनका लागि तयरा रहन सबै कार्यकर्तालाई निर्देशन दिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ । 

 

यसमा तपाईको प्रतिक्रिया