प्रधानमन्त्री प्रचण्डसँग एक्लै नभट्ने निस्कर्ष किन निकाले : केपी ओलीले ?

मंसिर ९एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग एक्लै नभेट्ने निर्णय गरेका छन् । बिहीबार एक्लै छलफलमा बोलाएपनि उनले अबदेखि एक्लै नभेट्ने भन्दै साथी लिएर आउने जानकारी पठाएका छन् ।एक्लै भेट्दा भएको भन्दा नभएको कुरा बाहिर जाने गरेकाले एक्लै नभेट्ने उनले बताए । 

युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले गलत प्रचार गर्ने गरेकाले एक्लै नभेट्ने निस्कर्ष निकालेको बताए । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता तय गरिएको छ । उनले सरकारले चाहेकै आधारमा मात्रै संविधान संसोधन हुन नदिने चेतावनी दिए ।

‘संसदमा ठूलो शक्तिमा रहेको एमालेलाई वाइपास गरेर संविधान संसोधन गर्छु भन्ने भ्रम नपाले हुन्छ’ ओलीको चेतावनी थियो । संविधान कार्यान्वयनको मुुख्य विषय छाडेर संसोधन आबश्यक नरहेको उनलदे बताए ।

 

यसमा तपाईको प्रतिक्रिया