प्रधानमन्त्रीबिरुद्ध अदालत जाने एमाले अध्यक्ष केपी ओलीको बालुवाटारमा चेतावनी

काठमाडौं मंसिर १०  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध अदालत जाने चेतावनी दिएका छन् । विहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चर्काे विवाद भएपछि ओलीले अदालत जाने चेतावनी दिएका छन् । बैठकमा प्रधानमन्त्री दाहालले पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधनमा आफुहरु अघि बढिसकेको बताएका थिए । पाँच नम्वर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधनमा लागि सकेका छौ, सके सहयोग गर्नुहोस नसके धेरै चर्काे विरोध नगर्नुहोस्, प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्रीको भनाईपछि ओलीले कडा प्रतिवाद गरेँ । तपाई जुन कार्य गर्दै हुनुहुन्छ त्यसले न त राष्टलाई फाइदा गर्छ न त तपाईलाई नै । राष्टघाति काम गरे म तपाई विरुद्ध अदालत जान्छु, सडक र सदन दुवै ठाउँमा लड्न तयार छौ । ओलीले कडा प्रतिवाद गरेपछि दाहालले कांग्रेस र मधेसी मोर्चा सवै प्रस्तावका पक्षमा रहेको तर एमाले मात्र प्रस्तावका विपक्षमा रहेको बताउँदै कम आलोचना गर्न आग्रह गरेका थिए । तर ओलीले राष्टघाति कदमका बिरुद्ध आफु र आफ्नो पार्टी चुप लागेर नवस्ने बताए । ओलीले सीमांकन हेरफेर गर्ने अधिकार अब यो संसदसँग नरहेको बताउँदै संबैधानिक जटिलता पनि औल्याएका थिए । सीमांकन हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्र छ । तर तपाई गलत कदम चाल्दै हुनुहुन्छ यसमा हामी कडा प्रतिवाद गछौ । श्रोत एस काठमाडौं

यसमा तपाईको प्रतिक्रिया