प्रचण्डले आजै दर्ता गर्ने तयारी गरेको संविधान संसोधन आजै दर्ता हुने सम्भावना कमजोर, सीमांकनमा विवाद

samidhanaaj

काठमाडौं, १० मंसिर । सरकारले आज संविधान संशोधन विधेयक दर्ता गर्ने तयारी गरपनि सम्भावना कमजोर बनेको छ । सीमांकन विवादका कारण संसोधन प्रस्ताव रोकिने देखिएको छ । सीमांकन गर्दा सम्बन्धित क्षेत्रका जनप्रतिनीधिको राय लिने प्रस्ताव सत्तासाझेदारभित्रैबाट आएपनि सम्भावना कमजोर बनेको उच्च स्रोतले जनाएको छ । बिहान प्रमुख दलहरुको छलफल गरेर सहमति लिने र सहमति नभएपनि पनि दिउँसो मन्त्रिपरिषदको बैठक बसेर विधेयम पारित गर्ने तयारी भने जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।

पारित विधेयक आजै संसदमा दर्ता गराउने तयारीका साथ छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले आज मन्त्रिपरिषद्बाट संशोधन विधेयक पारित गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी अन्तिम चरणमा पु¥याएको हो । मन्त्रिपरिषदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने संसोधन प्रस्ताव अस्वीकार गर्ने बताइसकेको छ । बिहानको छलफलमा मोर्चाले सरकारलाई संशोधन प्रस्ताव दर्ता गर्न सुझाएपछि सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकमा संशोधन विधेयक पारित गर्ने योजना बनाएको हो ।

कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयक आज दताए गराउने जानकारी दिए । सरकारले सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रियसभाका विषयमा संविधानमा संशोधन गर्न लागेको हो । सरकारले सीमांकनको विषयमा प्रदेश नम्बर ५ का गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान र रोल्पालाई प्रदेश नम्बर ४ र ६ मा मिलाएर सीमांकन हेरफेर गर्ने गरी प्रस्ताव तयार पारेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र कांग्रेसबाटै चर्को विरोध भएको छ । सत्तारूढ दलको विरोधकै बाबजुद सरकारले अन्तिम विकल्प नै प्रदेश–५ का जिल्लाहरूको हेरफेर मात्र रहेको भन्दै पाँचवटा जिल्लाको हेरफेर गर्नेसहितको प्रस्ताव दर्ता गर्न लागेको हो ।

 

यसमा तपाईको प्रतिक्रिया