केसीको समर्थनमा शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरु आन्दोलनमा

काठमाडौं, १० मंसिर । अनशनमा बस्नु भएका डा. गोविन्द केसीको मागमा सहमति जनाउँदै आवासीय चिकित्सकहरुले आजदेखि बहिरंगसेवा बन्द गराएका छन् । माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै शिक्षण अस्पताल महाराजगञ्जका आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका हुन् । ओपिडी सेवा शैक्षिक कार्यक्रम अन्तर्गतकै भएकाले आजदेखि सेवा बहिष्कार गरेको आवासीय चिकित्सकहरुले बताएका छन् ।

सेवा नदिदा विरामीहरु समस्यामा परेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा साढे दुई सयको हाराहारीमा आवासीय डाक्टर छन् । अरु विशेषज्ञ डाक्टरको सेवा भने जारी रहनेछ । डा. केसीको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले शिक्षण अस्पतालका मेडिकल विद्यार्थीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिँदैछन् । दिउँसो १२ बजेदेखि धर्ना दिने नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले जनाएको छ । मेडिकल शिक्षाको सुधारका लागि भन्दै डा. केसी १० औँ पटकको १२ औंदिनमा अनशनमा छन्  ।

 

यसमा तपाईको प्रतिक्रिया