माओवादीको ‘किल्ला’मै प्रचण्ड सरकारविरुद्ध आन्दोलन चर्कियो, विद्यार्थी सडकमा

rolpa-7
रोल्पा, १० मंसिर । माओवादीको ‘किल्ला’ मानिने रोल्पामा सरकारविरुद्ध आन्दोलन चर्किएको छ ।

पाँच नं. प्रदेशबाट रोल्पा लगायत केहि पहाडी जिल्ला अलग गराउने सरकारको प्रस्तावको विरोधमा शुक्रबार बिहान युवा तथा बिद्यार्थीहरु सडकमा ओर्लिएका हुन् । ‘५ नं. प्रदेश टुक्राउन पाईदैन्, संघीयता मर्म बिपरितका हर्कत बन्द गर, हाम्रा माग सम्बोधन गर’ लगायतका नारा लगाउदै र्यालीसहित बजार परिक्रमा गरेका थिए ।

सरकारले रोल्पाका माग ब्यवास्ता गरे रोल्पाली युबाहरु रगतको खोलो बगाउन बाध्य हुने चेतावनी दिएका छन् । बिगतमा रोल्पाले गरेको योगदानको कदर गर्न समेत सरकारलाई अनुरोध गरे । बिरोध प्रर्दशणमा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य बिरबहादर घर्ती हावा, अनेरास्वबियु राष्ट्रय परिषद सदस्य टिका घर्ती, नेबिसंघका जिल्ला अध्यक्ष शेरबहादुर थापाले बोल्नु भएको थियो ।

rolpa-andolan

त्यस्तै, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले साताब्यापी कार्यक्रम अन्तरगत दिउँसो २ बजे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको र उक्त र्यालीमा सहभागी हुन् सबैलाई आग्रह गर्नुभएको छ ।

सरकारले रोल्पा जिल्लालाई पनि पाँच नम्बर प्रदेशबाट टुक्राउने प्रस्ताव ल्याउने तयारी गरेपछि रोल्पालीहरु प्रचण्डले नेतृत्व गरेको सरकारप्रति आक्रोशित भएका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया